शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा हरियो तरकारीमा प्र’तिबन्ध फुकुवा

सोमवार , बैशाख १५, २०७७

सिन्धुली,१६ बैशाख – सरकारले लकडाउनलाई बैशाख २५ गते सम्म कायम गर्ने निर्णय गरेसँगै सिन्धुलीमा लगाईएको प्र’तिबन्धको समय पनि थप गरिएको छ । तराईका विभिन्न जिल्लाबाट सिन्धुलीका लागि आयात हुदैआएका फलफुल, खाद्यान्न लगाएतका बस्तुहरुमा लगाइएको प्र’तिबन्ध फेरी थप गरिएको हो । तर यस अघि हरियो तरकारीमा लगाइएको प्र’तिबन्ध भने हटेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा सोमवार प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले तराईका विभिन्न जिल्लाबाट सिन्धुलीमा आयात हुदै आएका हरियो तरकारीमा लगाइएको प्र’तिबन्ध खुल्ला गर्ने निर्णय गरेको छ ।

बैठकले फलफुल, माछा मासु, अण्डा, कुखुराको चल्ला, खाद्यान्नका बस्तुहरुमा भने आयात तथा ढुवानीमा लगाएको प्र’तिबन्ध थप गर्ने निर्णय गरेको छ । सरकारले लकडाउनको समय चौथो पटक थपेर बैशाख २५ गते सम्म पुर्याएसँगै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पनि सोही सयम सम्म प्र’तिबन्ध लगाउने निर्णय गरेको हो ।

बैठकले यी बस्तुहरुमा आगामी बैशाख २५ गते सम्म प्रतिबन्धलाई थप गरेर आयता तथा ढुवानी नगर्न आग्रह गरेको छ । पछिल्लो समय दुई नम्बर प्रदेश र त्यसका विभिन्न जिल्लाहरुमा कोरोना भाईरस(कोभिड–१९) को संक्रमीतहरु बढ्दै गएका छन् ।

यस्तो अवस्थामा तराईका जिल्लाहरुबाट यस्ता बस्तुहरु आयात तथा ढुवानी गर्दा सिन्धुली जिल्लामा पनि कोरोना भाईरस्को संक्रमण फैलिन सक्ने जोखिम देखिएकाले तराईबाट आयात हुदै आएका फलफुल, माछा मासु, अण्डा, कुखुराको चल्ला, खाद्यान्नका बस्तुहरुमा प्रतिबन्द लगाईको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिए । यस्ता बस्तुहरुको पसल पनि विहान ६ बजे देखि विहान ११ बजे सम्म मात्रै खोल्न आग्रह गरेको छ ।

प्रतिक्रिया