सिन्धुली,१२ बैशाख – सिन्धुली माढीमा बाहिरी जिल्ला बाट ल्याएर बिक्रिको लागि राखिएको तरकारी नियन्त्रणमा लिएर नष्ट गरिएको छ । कमलामाई नगरपालिकाले सिन्धुलीमाढी रहेको कृषि उपज बजारबाट काउली, बन्दा, खोर्सानी लगाएतका तरकारी बरामतगरि नष्ट गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा मंगलवार प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले तराईका विभिन्न जिल्लाबाट सिन्धुलीमा आयात हुदै आएका फलफुल, हरियो तरकारी, माछा मासु, अण्डा, कुखुराको चल्ला लगाएतका बस्तुहरु आयात तथा ढुवानीमा लगाएको प्र’तिबन्ध लगाएको थियो ।

तरकारीहरुमा पूर्ण बन्देज लगाउने निर्णय गरिएको भए पनि, आज बिहान तराई क्षेत्रबाट सिन्धुली ल्याएको तरकारी बिक्रि बितरणको लागि राखिएको अवस्थामा नियन्त्रण गरएको कमलामाई नगरपालिका प्रमुख खड्ग खत्रीले जानकारी दिनुभयो ।
खत्रीले रामेछाप, दोलखा, लगाएतको जिल्लामा बिक्रिको हिडेको भन्दै , गएराती १० वटा ट्रक सिन्धुलीको नाका प्रबेश गरेको र केही गाडीले ल्याएको तरकारी सिन्धुली झारेर ब्यापारीहरुले बिक्रि बितरणको लागि राखेको हुन सक्ने बताउनु भयो । उहाँका अनुसार ,आज दुई वटा पसल बाट तरकारी बरामत गरीएको र बरामत गरिएकोल तरकारी नगरप्रहरीको सहयोगमा न'ष्ट गरिएको छ ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकार्री योगेन्द्र पाण्डेले रामेछाप , दोलखा , ओखलढुङ्गा लैजाने भनेर झुक्काएर सिन्धुलीको सिमा नाका प्रबेश गराएरो बिक्रिको लागि रखिएको तरकारी नियन्त्रणमा लिएर नष्ट गरिएको र आगामी दिनमा सिमा नाकामा चेक जाँच कडाइ गरिने जानकारी दिनुभयो । साथै ब्यापारिहरु लाई बिक्रि बितरण नर्गनको लागि समेत सचेत गाएको र यदी बिक्रि बितरण गरेका कारबाही गरिने उहाँले जानकारी दिनु भयो भयो ।