शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

खाद्यान्न ढुवानी गर्नेहरुबाट को'रोनाको त्रा’स बढेका स्थानीयको गु'नासो

शुक्रवार , बैशाख १२, २०७७

सिन्धुली,१२ बैशाख – सिन्धुली जिल्लामा तराइबाट खाद्यान्ह लिएर आउने मालवाहक ट्रकले कोरोना भा’ईरसको त्रा'स बढेको स्थानीयले गु'नासो गरेका छन् ।

स्थानीयका अनुसार पूर्वको सप्तरी, सिरहा, तराइको धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा र पश्चिमको रुपन्देही, नेपालगञ्जबाट दैनिक दर्जनौं मालवाहक ट्रक खाद्यान्ह लिएर सिन्धुली आउने गरेका छन् । चालक तथा सह–चालकबाट लोडअनलोड गर्ने मजदुर हु“दै कोरोना सं’क्रमण त्रा'स बढेको हो ।

खाद्यान्न ढुवानी गरी लिएर आउने चालक तथा सह–चालकलाइ स्वास्थ्य चे'कगरि क्वारेन्टाइनमा राख्नु पर्ने सदरमुकाम सिन्धुलीमाढीका बासिन्दा कुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “लकडाउन पालना गरि को'रोना सं’क्रमणबाट जो'गिन हरदम प्रयास गरिएको छ, तर मालवाहक ट्रकहरु दैनिक आउने क्रम नरोकिएकाले ख’तरा बढेर गएको छ ।”

कमलामाइ नगरपालिका–६ धुराबजारका बासिन्दा उत्पल खड्का चालकदलका सदस्यहरुको स्वास्थ्य चे'क र क्वा'रेन्टाइनमा राख्ने काम नभएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यसले सं’क्रमण भएमा चा“डै फैलिने ख’तरा हुन्छ ।’

उहाँका अनुसार सिन्धुलीसम्म १०, १२ र १४ चक्के ठुला ट्रकहरुबाट खाद्यान्ह ल्याइ अनलोड गरेर पहाडी जिल्लामा ढुवानी हुने गरेको छ । यी मालवाहक ट्रकहरु निर्वाध चलिरहेका छन् । “को'रोना ती चालक, सह–चालकहरुलाइ हु“दैन भन्ने ग्यारेण्टी के ?” उहाँको जिज्ञासा थियो ।

स्थानीयका अनुसार लोडअनलोड गर्ने मजदुरहरुले कोरोना प्र’तिरोधी सामान्य मास्क, पञ्जा समेत प्रयोग नगरी काम गर्दछन् । यसमा सामान्य सु’रक्षा समेत नअपनाइदा सं’क्रमण फैलिने ख’तरामा रहेको भन्दै स्थानीयहरु त्रसित छन् । खासगरि बजार क्षेत्रमा हुलका, हुल मजदुरहरु तराइबाट आएका ट्रकहरुको अघिपछि हुन्छन् । स्थानीय प्रशासनले बैशाख २ गतेदेखि ९ गतेसम्म तराईका जिल्लाबाट सिन्धुली जिल्लामा प्रयोजन हुने खाद्यान्न लगायतका बस्तु ढुवानीमा रोक लगाउदा स्थानीय ढुक्क थिए ।

अहिले फेरी बैशाख १० गतेदेखि १५ गतेसम्मका लागि भनेर स्थानीय प्रशासनले खाद्यान्न ढुवानी खुल्ला गर्दा फेरी त्रा'स बढेको मल्लागाँउ निवासी निलहरी दाहालको भनाई छ । उहाँले भन्नुभयो, ‘खाद्यान्ह अत्यावश्यक वस्तु हो, तर सुरक्षा नअपनाइकन गरिने लोडअनलोडले लकडाउनको पूर्ण पालना गरेकालाइ समेत ख’तरा भयो ।’

उहाँका अनुसार हुलका हुल, मजदुरहरु ट्रक वरिपरि झुम्मिएका हुन्छन् । मजदुरका लागि भनेर कमलामाइ नगरपालिकाले खाद्यान्ह समेत बा“डेका छ, तर उनीहरु घर तथा कोठामा राहत सामाग्री थन्काएर लोडअनलोडका लागि सडकमा निर्बाद निस्कने गरेका छन् । ‘राहत पनि लिने, सु’रक्षा नअपनाइ काम गर्ने यस्तो प्रबृत्तिले गर्दा एउटालाइ सं’क्रमण भएमा सबैतिर कोरोना फैलिन्छ,’ उहाँले चिन्ता वक्त गर्नुभयो ।

पहाडका रामेछाप, दोलखा, ओखलढुङ्गा, सोलुखुम्वु, खोटाङ लगाएतका जिल्लाहरुमा आपूर्ति गर्नका लागि सिन्धुलीमा तराइबाट आएको खाद्यान्ह भण्डारण गरिन्छ । लोडअनलोड गर्ने मजदुरहरुले सामाजिक दुरी त परै जावस आफैंले सु'रक्षाका सामाग्री समेत प्रयोग नगर्ने स्थानीय बासिन्दाको गुनासो छ ।

लकडाउनको समयमा समेत तराइबाट २० भन्दा बढि ठुला ट्रकमा खाद्यान्ह आयात हुने गरेको छ भने सिन्धुलीमाढीबाट साना ट्रकहरुमा पहाडका जिल्लामा पठाइने गरेको छ ।

स्थानीय बासिन्दाका अनुसार तराइबाट आउने चालकदलका सदस्यहरुको परिक्षण नहुने भएकाले मजदुरहरुलाइ सं'क्रमण हुने ख'तरा रहन्छ । सदरमुकाम सिन्धुलीमाढीको ढुंग्रेवास, राम्माडी, धुराबजार, मल्लागाउ“, मिलनचौक, १ नं र २ नं बजार, माझिटार, लगाएतका स्थानमा लोड अनलोड हुने गर्दछ ।

खाद्यान्ह अत्यावश्यक वस्तु भएकाले सुरक्षा अपनाएर आयात निर्यात गर्न दिइएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘चेकपोष्टमा प्रहरीले कडाई गर्ने भएकोले गाडीमा चालक र सह चालक भन्दा अरु हुदैन । उनीहरुलाई पनि सु’रक्षा अप्नाउन भनेका छौं ।’

प्रतिक्रिया