शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा ३७७ जनाको आरडिटि रिपोर्ट नेगेटिभ

बुधवार , बैशाख १०, २०७७

सिन्धुली, १० बैशाख – सिन्धुलीमा अहिलेसम्म ३७७ जनाको र्‍यापिट डा'यग्नोस्टिक टेष्ट (आरडिटि) विधिबाट कोरोना भा’ईरस परिक्षण गरिएको छ । अहिलेसम्म ३०८ जना पुरुष र ६९ जना महिलाको (आरडिटि) बिधिबाट परिक्षण गरिएको हो ।

कमलामाई नगरपालिकामा १०० जना पुरुष र ३१ जना महिला गरि १३१ जनाको (आरडिटि) टेस्ट गरिएको छ । यसैगरि दुधौली नगरपालिकामा १८ जना पुरुषको (आरडिटि) गरिएको बताइएको छ ।

यस्तै मरिण गाउँपालिकामा ३४ जना पुरुष तथा ४ जना महिला गरि ३८ जना, हरीहरपुगढी गाउँपालिकामा ३१ जना पुरुष र ६ जना महिला गरि ३७ जनाको (आरडिटि) सम्पन्न भएको छ । यस्तै तीनपाटन गाउँपालिकामा ३७ जना पुरुष र १३ जना महिला गरि जम्मा ५० को (आरडिटि) सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सुचना अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै घ्यांङलेख गाउँपालिकामा अहिलेसम्म १० जना पुरुष र ३ जना महिला गरी १३ जनाको (आरडिटि) सम्पन्न भएको छ । फिक्कल गाउँपालिकामा १८ पुरुष र ३ जना महिला गरि २१ जनामा (आरडिटि) सम्पन्न भएको बताइएको छ ।

गोलन्जोर २५ पुरुष र ५ महिला गरि जम्मा ३० जना र सुनकोसी गाउँपालिकामा ३३ पुरुष तथा ४ महिला ३७ जनाको (आरडिटि) सकिएको छ । हालसम्म परिक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्लाबाट अहिलेसम्म ८ जनाको पिसिआर प्रविधिबाट जाँच गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार हालसालै सिन्धुलीका नौ वटै स्थानिय तहमा गरी २ सय ७ जना भारत तथा तेस्रो मुलकबाट जिल्लामा प्रवेश गरेका छन् । १ सय ७ जना भारत बाट आएका छन भने एक सय जना तेस्रो मुलकबाट आएका छन् ।

प्रतिक्रिया