सिन्धुली,९ बैशाख – सिन्धुलीमा तराईका विभिन्न जिल्लाबाट आयात हुने तरकारी, खाद्यान्न लगाएतका बस्तुहरुमा लगाइएको प्रतिबन्ध फेरी थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा मंगलवार प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले तराईका विभिन्न जिल्लाबाट सिन्धुलीमा आयात हुदै आएका फलफुल, तरकारी, माछा मासु, अण्डा, कुखुराको चल्ला, खाद्यान्नका बस्तुहरु आयात तथा ढुवानीमा लगाएको प्र’तिबन्ध थप गरेको हो ।
बैठकले यी बस्तुहरुमा आगामी बैशाख १५ गते सम्म प्रतिबन्धलाई थप गरेर आयता तथा ढुवानी नगर्न आग्रह गरेको छ । सरकारले कोरोना भा’ईरस् को’भिड १९ रोकथाम तथा नियन्त्रणका लागि आगामी बैशाख १५ गते सम्म लकडाउन गरेको छ ।

सोही अवधी सम्म अहिलेलाई सिन्धुलीमा यी बस्तुहरुको आयात तथा ढुवानीमा प्र’तिबन्ध लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताउनुभयो । पछिल्लो समय दुई नम्बर प्रदेश र त्यसका विभिन्न जिल्लाहरुमा कोरोना भा’ईरस(को'भिड–१९) को सं ’क्रमीतहरु बढ्दै गएका छन् ।
यस्तो अवस्थामा तराईका जिल्लाहरुबाट यस्ता बस्तुहरु आयात तथा ढुवानी गर्दा सिन्धुली जिल्लामा पनि कोरोना भा’ईरस्को सं ’क्रमण फैलिन सक्ने जोखिम देखिएकाले तराईबाट आयात हुदै आएका फलफुल, तरकारी, माछा मासु, अण्डा, कुखुराको चल्ला, खाद्यान्नका बस्तुहरुमा प्र’तिबन्ध लगाईको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।