सिन्धुली,९० बैशाख – सिन्धुली जिल्लामा यो बर्ष जुनार उत्पादन तीस प्रतिशतले कमी आउने किसानहरुले अनुमान गरेका छन् ।
जिल्लामा जुनार उत्पादन हुने पकेट क्षेत्रमा आईतबार र सोमबार परेको असिना पानीले ठूलो क्षे’ती गरेपछि यो वर्ष उत्पादन कम हुने किसानहरुले अनुमान गरेका छन् । गोलन्जोर गाँउपालिका ५ रतनचुराका किसान एवं जुनार विकास संघ सिन्धुलीका सचिब रामहरी थापाले आईतबार र सोमबार डेढ घण्टाभन्दा बढी समयसम्म परेको असिना पानीले जुनारको बोटमा र्भखर लागेको चिचिला झारेर धेरै क्षेती गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जुनारको बोटमा फुल खेलेर भर्खर केराउको दाना जत्रो चिचिला लागेको थियो । दुई दिनको असिना पानीले झण्डै ३० प्रतिशतसम्म झारेको छ ।” असिना पानीस“गै आएको हावाहुरीले जुनारको हा“गा समेत भाचेको उहाँले जानकारी दिनुभयो ।

जुनार किसान थापाको बगैचामा फलेको चार सय बोट जुनार र फल्ने तयारीमा अरु दुई सय बोट बिरुवा हुर्कदै छन् । गएको सिजनमा मात्रै जुनार बिक्रि गरी दुई लाख रुपिया आम्दानी लिनु भएको किसान थापाले अब आउने सिजन भने खल्लो हुने गुनासो गर्नुभयो । बँचेको जुनारका दाना असिनाका कारण दानमा दाग लाग्ने र कोत्रे हुने उहाँको गुनसो छ ।
संघका सचिब थापाका अनुसार जुनारको पकेट क्षेत्र गोलन्जोर गाउ“पालिकाको रतनचुरा, तिनकन्या, बाशेश्वर, भुवेश्वरी, बितिजोर, डुडभन्ज्याङ, कमलामाइ नगरपालिकाको जलकन्या, सुनकोशी गाउ“पालिकाको मझुवामा असिनाले क्षति गरेको छ ।
रतनचुराका जुनार किसान निर्मल रम्तेललाई आफ्नो बगैचामा भएको जुनार असिनाले सखाप भएकोमा निकै चिन्ता लागेको छ । उहाँले भन्नुभयो, ‘आइतबार र सोमबार लगातार उही समयमा असिना परेकाले जुनारका चिचिला सबै र्यो । बचेको पनि सबै दागि भएको छ ।’ हावाहुरीले जुनारको हा“गा भा“चिदिदा बचेका जुनार पनि राम्रो फल भइ उत्पादन हुनेमा किसानहरु ढुक्क छैनन् ।

किसान रम्तेलको बगैचामा सात सय बोट जुनार रहेका छ । “बेपत्तै चिचिला लागेकोले यो वर्ष धेरै आम्दानी हुने आशा गरिएको थियो,ेतर प्रकृतिले साथ दिएन,” उहाँले भन्नुभयो, “जुनार उत्पादन गतसाल कम भएकाले यो वर्ष बढि हुने राखेको अपेक्षामा तुषारापात लागेको छ ।”
उहाँले थप्नुभयो, “प्रकृतिले पनि हामी किसानलाइ साथ दिएन । को स“ग हारगुहार गर्नु ?” यसवर्ष जुनारको चिचिला धेरै लागेकाले उत्पादन बढ्ने किसानहरुले अपेक्षा गरेका थिए । जुनार विकास संघका अनुसार गएको सिजनमा आठ हजार मेट्रिकटन जुनार उत्पादन भइ किसानले ३२ करोड रुपिया भन्दा बढि आम्दानी लिएका थिए । आठ हजार किसान जुनार खेतीमा लागेका छन् । असिनाले जुनार बाहेक तरकारी खेती, सुन्तला र मकैबालीमा समेत क्षति गरेको किसानहरुले बताएका छन् ।