शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीका गैरसरकारी संस्थाहरुद्वारा सहयोग

सोमवार , बैशाख ८, २०७७

सिन्धुली,८ बैशाख– कमलामाई नगरपालिकाको नगर वि’पद व्यवस्थापन कोषमा जिल्लामा क्रियाशिल विभिन्न गैरसरकारी संस्थाहरुले सहयोग गरेका छन् । सिन्धुलीमा क्रियाशिल झन्डै आधा दर्जन गैरसरकारी सस्थाहरुले आइतवार एक लाख १० हजार रुपैया नगरपालिकाको नगर विपद व्यवस्थापन कोषमा सहयोग गरेका छन् ।

रिलिफ नेपाल सिन्धुलीले कमलामाई नगरपालिकाको नगर विपद व्यवस्थापन कोषका लागि ५५ हजार रुपैयाँ सहयोग गरेको छ । कोरोना भा’ईरसबाट प्रभावित भई दैनिक गुजरा गर्न नसक्ने गरिब, असहाय र निमुखा मजदुरहरुलाई थोरै भएपनि सहयोग होस भन्ने उद्देश्यले सहयोग गरेको रिलिफ नेपालका अध्यक्ष दुर्गा पौडेलले बताउनुभयो । सो रकमको चेक रिलिफ नेपालका अध्यक्ष पौडेलले कमलामाइ नगरप्रमुख खड्ग खत्रीलाई हस्तान्तरण गर्नु भएकोछ ।

रिलिफ नेपाल, हुडेक सिन्धुली र टि डि एच जर्मनीको सहयोगमा रिलिफ नेपालका अध्यक्ष दुर्गा पौडेलले उक्त रकम कोषमा जम्मा हुने गरी सहयोग रकम चेक मार्फत हस्तान्तरण गर्नुभएको हो ।

चेक रकम बुझेसँगै नगरप्रमुख खत्रीले वास्तविक निमुखा गरिबसमक्ष मात्र राहत पुर्याउने प्रतिबद्धता ब्यक्त गर्दै नागरिक स्तरबाट स्वस्फूर्त रुपमा मिलेको सहयोगले आफुलाई थप उर्जा र हौसला मिलेको बताउनुभयो ।

सामुहिक सरोकार समाज सिन्धुली ( सिसिएस) ले २० हजार रुपैयाँ, श्री सिन्धुलीले रु २० हजार रुपैयाँ, जनजाती समाज बिकास कार्यक्रम सिन्धुलीले १५ हजार रुपैयाँ कोषमा सहयोग गरेका छन् ।

हाल सम्म कमलामाई नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा कुल ६५ लाख ५४ हजार ७२७ रुपैया जम्मा भएको नगरपालिकाले जनाएको छ । गत वर्षको ३४ लाख ९४ हजार ५७१ रुपैया, चालु आर्थिक बर्षमा १२ लाख ६१ हजार १७९ रुपैया, प्रदेश सरकारवाट १२ लाख रुपैया र विभिन्न संघसंस्था तथा व्यक्तिवाट ७ लाख ८ हजार ९७७ गरी कुल जम्मा ६६ लाख ६४ हजार ७२७ रुपैया जम्मा भएको नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया