सिन्धुली, ७ बैशाख– कमलामाई नगरपालिकामा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ६६ जनामा को’रोना भा’इरस (को’भिड १९) को परीक्षण गरिएको छ । परिक्षण गरिएको सबै ६६ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।

को’रोना सं’क्रमण भए नभएको तत्काल जानकारी लिन मिल्ने र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट उनीहरुको परिक्षण गरिएको हो । आइतवार कमलामाई नगरपालिका र स्वास्थ्य कार्यालय सिन्धुलीको समन्वयमा वडा नं ९,१०,१३ र १४ मा जम्मा २८ जनाको नो’वेल को’रोना भा’इरसको आरडीटी विधिबाट परिक्षण गरिएको नगरपालिकाले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गराएको छ ।

त्यस्तै सिन्धुली अस्पतालद्धारा कमलामाई नगरपालिका ६ धुरावजारमा रहेको मुस्लिम समुदायमा वसोवास गर्दै आएका २९ जना, जिल्ला भुसंरक्षण कार्यालयमा रहेको क्वारेन्टाइन केन्द्रमा ३ जना र जिल्ला प्रहरी कार्यलयमा रहेका थुनुवाबन्दीमा ६ जनामा गरिएको परिक्षणमा पनि सवै जनाको रिर्पाेट नेगेटिभ आएको छ ।