फोटो : चिरिञ्जीबि दाहालको फेसबुक बाट
सिन्धुली,७ बैशाख – सिन्धुलीको नौँ स्थानीय तहमध्ये सुनकोशी गाउँपालिकाको नेतृत्व महिलाले गर्नुभएको छ । सुनकोशी गाउँपालिकाको अध्यक्षमा तत्कालीन नेकपा (माओवादी) केन्द्रबाट दिपा बोहोरा दाहाल निर्वाचित हुनुभएको हो । निर्वाचित भएपछि “पुरुषले भन्दा महिलाले हरेक क्षेत्रमा उदाहरणीय काम गर्न सक्छन्” भन्ने उदाहरण दिपा दाहाल बोहोराले प्रस्तुत गरिरहनुभएको छ ।
फोटो : चिरिञ्जीबि दाहालको फेसबुक बाट
नेपालमा को’रोना भा’इरसको सं’क्रमण देखिनासाथ बीपी राजमार्गहुँदै पूर्वी पहाड र तराईका जिल्लामा जानेहरु पछिल्लो समय बढ्दै गएका छन् । लकडाउन लम्बिदै जाँदा काठमाडौँबाट दुई दिन हिँडेर सुनकोशी गाउँपालिकाको नेपालथोक पुगेका पैदल यात्रीलाई सुनकोशी गाउँपालिकाको संयोजनमा सम्बन्धित स्थानमा पठाउने कार्य जारी रहेको छ । सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहरा दाहालको नेतृत्व र प्रदेश सभा सदस्य राजन दाहालको निर्देशनमा पैदल यात्रुको उ’द्धार कार्य भइरहेको छ ।
फोटो : चिरिञ्जीबि दाहालको फेसबुक बाट
उहाँ दैनिकी आजभोलि सडकमै बित्ने गरेको छ । पैदल हिँड्नेलाई गाडी खोजेर चढाएर पठाउने, चाउचाउ, पानी, बिस्कुटजस्ता खाना खुवाउन उहाँ व्यस्त हुहुन्छ । उहाँले भन्नुभयो, “बिहान घरबाट हिँडेपछि रात परेको थाहा पाउँदिन म ।” सडकमा पैदल हिँडेका मजदुरदेखि खान नपाएका गाउँवासीसम्मकोमा उहाँ पुग्ने गर्नुभएको छ । घरको क्वारेन्टाइनमा बसेकालाई सम्झाउन पनि उहाँ पुग्ने गरेको बताउनुहुन्छ ।
फोटो : चिरिञ्जीबि दाहालको फेसबुक बाट
यो कार्यमा जिल्ला प्रशासन कार्यालयले समेत सहयोग गरिरहेको छ । यस कार्यमा विद्यालय, सामाजिक संस्था र स्वतस्फूर्त रुपमा स्वयंसेवकहरुले सहयोग गरिरहेका छन् । दाहालको नेतृत्वमा अहिले भइरहेका कार्य अन्य स्थानीय तहको भन्दा अब्बल रहेको सिन्धुलीबासीहरुमा चर्चाको बिषय बनेको छ । दाहालको नेतृत्वमा अन्य संघ संस्था र ब्यक्ति संग सहकार्य गरेर बाटोमा हिँड्ने मजदुर र खानबाट ब’ञ्चित भएकाहरूलाई खाना खुवाउने काम भइरहेको छ ।
फोटो : चिरिञ्जीबि दाहालको फेसबुक बाट
दाहालको यतिबेलाको दैनिकी कोरोनाको जोखिम हुन नदिन नै केन्द्रित हुने गरेको छ । उहाँ गाउँभित्र रोग भित्रिन नपाओस् र कोही भोकै बस्न नपरोस् भन्नेमा आफ््नो पूरै समय खर्चिएको बताउनुहुन्छ । आफूले गाउँपालिकावासीलाई संकटको घडीमा दरिलो अभिभावकत्व दिने गरी काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नाेस् भनेको छु, संकटमा मिलेर जुध्नुपर्छ ।”
फोटो : चिरिञ्जीबि दाहालको फेसबुक बाट
स्वभावतः सबैसँग मिल्न सक्ने भएकाले वृहत परामर्शमा काम गरिरहेकाले उहाँले सत्तापक्ष र प्रतिपक्षको साथ पाउँदै आउनुभएको छ । सुनकोशी गाउँपालिकामा राष्ट्रिय जनगणना २०६८ अनुसार २१४७३ जनसंख्या छन् । पीडामा बढी महिलालाई पोल्ने हुँदा पनि संकटमा महिला जनप्रनिधिको नेतृत्व प्रभावकारी हुने बताइन्छ । दाहाल रोगको सं’क्रमण नेपालमा भित्रन्छ भन्ने अनुमान भएसँगै आफ्नो दैनिकी फेरिएको बताउनुहुन्छ । विगत एक महिनादेखि सचेतना, क्वारेन्टाइन व्यवस्थापनजस्ता कार्यका लागि बैठक र दौडधुपमै उहाँको दैनिकी बित्ने गरेको छ । आम गाउँपालिकावासीलाई गर्भिलो अभिभावकत्व दिन दाहाल लागिरहनुभएको छ ।
फोटो : चिरिञ्जीबि दाहालको फेसबुक बाट
भोकै कोही बस्न नपरोस् भन्नका लागि उहाँले राहतमा बढी जोड दिनुभएको छ । उहाँले भन्नुभयो, “पुरुषको भन्दा कम मैले गरेको छैन । आत्तिने र मात्तिने मेरो बानी छैन ।” जनताको हितमा सकेजति लाग्ने भन्दै उहाँले भन्नुभयो, “मेरो क्षेत्रमा मजदुर हिँडिरहने म घरमा मज्जाले सुत्न सक्दिनँ ।” म घरमा खाइरहँदा मेरो गाउँपालिका वासीले पनि खान पाउनुपर्छ उहाँले भन्नुभयो ।
फोटो : चिरिञ्जीबि दाहालको फेसबुक बाट