सिन्धुली, – जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा प्र’तिबन्धको समयमा तराईबाट हरियो तरकारी ल्याउने गाडी र चालकलाई आईतबार बिहान प्रहरीले नि’यन्त्रणमा लिएको छ ।
सदरमुकाम सिन्धुलीमाढीस्थित विभिन्न ठाँउका तरकारी पसललाई तरकारी बिक्री गरी फर्कदै गरेको ना ५ च २५८३ नम्बरको पिकअप बोलेरो र उक्त गाडीका चालक सर्लाही जिल्ला घर बताउने अमितकुमार यादबलाई ईलाका प्रहरी कार्यालयले भिमानले नि’यन्त्रणमा लिएको छ ।
को’रोना भा’ईरस सं’क्रमणलाई नियन्त्रण गर्न भन्दै स्थानीय प्रशासनले बैशाख २ गतेदेखि एक साताका लागि सिन्धुली जिल्लामा प्रयोजन हुने तराईका विभिन्न ठाँउबाट आयात गरिने खाद्यन्न, फलफुल, माछा, मासु, अण्डा, कुखुराको चल्ला र हरियो तरकारी प्र’तिबन्ध लगाएको छ ।
प्रतिबन्धित समयमा तराईको लालबन्दीबाट हरियोे तरकारी ल्याई सदरमुकाम सिन्धुलीमाढीका तरकारी पसललाई बिक्री गरी फर्कदै गरेको उक्त गाडी र चालकलाई विहान ८ बजेतीर नि’यन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रामेछाप लैजाने भन्दै झु’क्याएर उक्त गाडीले तरकारी सदरमुकाम सिन्धुलीमाढीमा बिक्री गरी फर्किएको आशंका गरिएको छ । त्यस सम्बन्धमा अ’नुसन्धान भई रहेको छ ।
उक्त गाडीले ल्याएर सदरमुकामका तरकारी पसलमा छाडेको करिब डेढ टन तरकारी आईतबार बिहान नै बरामद गरि न’ष्ट गरेको कमलामाई नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका कृषि शाखा प्रमुख देबीप्रसाद सापकोटाका अनुसार सदरमुकाम स्थित तरकारी उपज बजारका तीन वटा, कालीमाई मन्दिर नजिकका दुई वटा, ढुंग्रेबासको चार वटा, माझीटारको एउटा र दुई नम्बर बजारको एउटा तरकारी पसलबाट करिब डेढ टन हरियो तरकारी बरामद गरी नष्ट गरिएको छ । बरामद गरिएका तरकारीहरुमा खुर्सानी, टमाटर, करेला, बोडी, फर्सी, लौका र चाईनिज साग रहेको उहाँले जानकारी दिनुभयो ।
बरामद गरिएको तरकारी नगरपालिकाको फोहोर फाल्ने ठाँउ डम्पिङ साईडमा लगेर खाल्टो खनी नष्ट गरिएको उहाँले बताउनुभयो । उक्त तरकारी शसस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा पसलबाट बरामद गरिएको नगरपालिकाले जनाएको छ ।
कृषि शाखा प्रमुख सापकोटाले भन्नुभयो, “उक्त गाडीले कति हरियो तरकारी लिएर आएको थियो, ठ्याक्कै परिमाण खुलेको छैन । हामी पुग्नु अघि कतिपय उपभोक्ताले किने” पनि लगे होलान् । तर नगरपालिकाले उठाएको तरकारी भने करिब डेड टन छ ।’
जिल्ला प्रशासन कार्यालयले सिन्धुली जिल्लामा प्रयोजनका लागि आउने सामान आयातमा एक साताका लागि प्रतिबन्ध लगाएसँगै हरियो तरकारीको चरम अ’भाव रहेको उपभोक्ताहरुको भनाई छ ।