शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

प्र’तिबन्धले सिन्धुलीमा हरियो तरकारीको अ’भाव

आइतवार , बैशाख ७, २०७७

सिन्धुली,७ बैशाख – को’रोना भा’ईरस सं’क्रमणबाट बच्न तथा नि’यन्त्रणका लागि तराईका जिल्लाबाट सिन्धुली जिल्लाको प्रयोजनमा आउने सामग्री ढूवानीमा प्र’तिबन्ध लगाएसँगै सदरमुकाम सिन्धुलीमाढीमा हरियो तरकारीको अ’भाव हुन थालेको छ ।

स्थानीय प्रशासनले बैशाख २ गतेदेखि सिन्धुली जिल्लामा तराईका विभिन्न ठाँउबाट आयात गरिने खाद्यन्न, फलफुल, माछा, मासु, अण्डा, कुखुराको चल्ला र हरियो तरकारी एक साताका लागि प्र’तिबन्ध लगाएपछि समस्या सिर्जना भएको स्थानीय व्यापारीले बताएका छन् ।

स्वास्थ्यका दृष्टिकोणले हरियो तरकारी आवश्यक पर्दछ तर यस्तो अवस्थामा त्यस्ता तरकारी खोज्ने अवस्था पनि छैन । घरमै खेती गरेकाहरूले भने जेनतेन हरियो तरकारी खान पाइरहेका छन् ।

सदरमुकाम सिन्धुलीमाढीमा अहिले तरकारी व्यापारीहरुले बैशाख २ गतेअघि ल्याएको तरकारी बिक्री गर्दै आएका छन् । त्यही तरकारी पनि सकिएर अहिले पसल नै खाली हुदै गएको ढुंग्रेबास बजारका तरकारी व्यापारी भरत देवकोटाले बताउनुभयो ।

“तराईका विभिन्न ठाँउ र चरिकोटबाट हरियो तरकारी दैनिक जसो आउथ्यो, अहिले लकडाउनका कारण ठप्प छ,” उहाँले भन्नुभयो, “सदरमुकाम आसपासका चपौली, मझुवा, रतनचुरा लागयतका ठाँउबाट आउने तरकारी पनि आएको छैन ।”

आफ्नो पसलमा अहिले बन्दा र आलु भन्दा बाहेक केही नभएको उहाँले सुनाउनुभयो । यता उपभोक्ता पनि तरकारी पसलमा चाउरी परको, कुहिन लागेको तरकारी भन्दा बाहेक अरु केही नभएको बताउछन् । रातमाटा निवासी गृहणी राधा श्रेष्ठले बिहान तीन घण्टा खुल्ने तरकारी पसलमा ताजा र हरियो तरकारी किन्न नपाएको बताउनुभयो ।

सदरमुकामका तरकारी पसलमा अहिले काउली, भाण्टा, सिमी, बोडी, भिण्डी, साग लगायतका तरकारी अभाव हुदै गएको उहाँले जानकारी दिनुभयो ।

सदरमुकाम सिन्धुलीमाढीमा तरकारी आपुर्ति गर्दै आउनु भएको व्यापारी सुरस साह अहिले सदरमुकाममा तरकारीको हा’हाकार नै रहेको बताउनुभयो । चरिकोटबाट आफुले साग र काउली झिकाएकोमा खुर्कोटबाटै प्रहरीले फर्काई दिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया