सिन्धुली,७ बैशाख– नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) सिन्धुली जिल्ला अध्यक्ष एवम् बाग्मती प्रदेशसभा सदस्य लेखनाथ दाहाल (राजन) को ल’डेर घा’इते हुनु भएको छ ।
शनिवार ललितपुर को लुबुमा सिन्धुली लगाएत अन्य जिल्लाका ८७ जना पैदल यात्री मजदुर हरुको उद्दारगरी गर्ने क्रममा पनौती नगर पालिकाका प्रमुख,नवो बुद्ध नगर पालिकाको र प्रमुख रोसी गाउँपालिकको प्रमुख ज्को सहयोगमा नेपाल थोक आइपुग्दा राती अवेर भएको साथैे बनेपाबाट आएका २ सय जना मजदुरहरु मध्ये एउटा बस बाटोमा बि’ग्रेकाले ढिला भएको अवस्थामा अचानक् हावा ,हुरी र पानी पर्न थाले पछि नाजिकैका छाप्रामा मजदुरहरु लैजाने क्रममा अध्यारोका कारण दाहाल शनिबार साँझ साँढे आठ बजे अचानक नालामा परी दाहिने हात भा’च्ची हड्डी सरेकोले सुनकोसी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले जानकारी दिनुभयो ।

उहाँको सुनकोशी गाउँपालिका ६ खाल्टेमा रहेको आत्मिय अस्पतालमा प्राथामिक उपचार भएको छको र आज धुलिखेल लैजाने तयारी भइरहेको अध्यक्ष दिपा बाहोराले बताउनुभयो । उहाँले सबै यात्रु हरुको सकुसल उ’द्वार भएको पनि जानकारी दिनु भयो ।
दाहाल गत तीन हप्तादेखि सडकमा अलपत्र पैदल यात्रुको उ’द्धारमा सक्रिय हुदै आउन भइ रहेको छ ।