सिन्धुली – नेपाली काँग्रेसको सबैभन्दा प्रभावशाली भातृ संस्था नेपाल विद्यार्थी संघ स्थापनाको ५० वर्ष पूरा गरी शनिवार ५१औँ वर्षगाँठ मनाएको छ । यसै अवसरमा न शनिवार नेविसंघका सिन्धुलीले ५१ वटा दिप प्रज्वलन गरेर मनाएको छ ।
विसं २०२७ वैशाख ६ गते स्थापना भएको नेविसङ्घले स्थापनाकालदेखि नै मुुलुकका हरेक राजनीतिक र शैक्षिक आन्दोलनमा अहम् भूमिका निर्वाह गर्दै आएको छ ।

तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाइएको बेलामा काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीलाई शैक्षिक एजेण्डामा टेकेर आन्दोलन गर्न नेविसंघको स्थापना भएको थियो । काँग्रेसका नेता उत्पादन गर्ने नर्सरीका रूपमा समेत रहेको नेविसङ्घलाई पार्टीमा ठूलो महत्वका साथै लिने गरिएको छ । त्यही भएर नेविसङ्घको नेतृत्व आफ्नो पक्षको बनाउने विषयमा काँग्रेस नेताहरूबीच बेला–बेलामा विवादसमेत हुने गरेको छ । काँग्रेसको हालको नेतृत्वमा रहेका अधिकांश नेता पनि नेविसंघको राजनीतिबाटै उदाएका हुन् ।

नेविसंघमा हालसम्म विपिन कोइराला, शेरबहादुर देउवा, विमलेन्द्र निधि, बलबहादुर केसी, बालकृष्ण खाँण, एनपी साउद, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, किशोरसिंह राठौर, केशव सिंह, महेन्द्र शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङ, रञ्जित कर्ण र नैनसिंह महर अध्यक्ष भइसकेका छन् ।