सिन्धुली,६ बैशाख – जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित भगवती आवासिय माविले कमलामाई नगरपालिकाको विपद व्यवस्थापन कोषमा ५५ हजार ५५५ रुपैया सहयोग गरेको छ ।
विश्वभरी म’हामा’रीको रुपमा फैलदै गएको को’रोना भा’ईरस सं’क्रमणलाई नियन्त्रण तथा रोकथामका लागि उक्त सहयोग गरेको विद्यालयले जनाएको छ । उक्त सहयोगक रकम शनिबार कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीलाई विद्यालयका प्रिन्सीपल कृष्ण उप्रेतीले हस्तान्तरण गर्नु भएको हो ।
राष्ट्रिय विपत्तिमा सामाजिक दायित्व र मानविय सेवाको भावनाले उक्त रकम नगरपालिकाको विपद व्यवस्थापन कोषमा हस्तान्तरण गरिएको प्रिन्सीपल उप्र्रतीले बताउनुभयो ।
सरकाले घोषणा गरेको लकडाउनका कारण अलपत्र परी बीपी राजमार्ग हुदै घर हिडेका मज्दुरलाई गन्तव्यसम्म पुर्याउन यस अघि विद्यालयको दुई वटा बस निःशुल्क रुपमा दिनभरी उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार विद्यालयले शनिबार पनि प्रमुख जिल्ला अधिकारीको आग्रहमा एउटा बस दनभरीका लागि निःशुल्क उपलब्ध गराएको छ ।
उक्त विद्यालयले एक दशकभन्दा बढी समयदेखि द्व’न्द्व पी’डित, अ’सहाय, गरिबी वर्गका १७ जना विद्यार्थीलाई पनि निःशुल्क शिक्षा दिदै आएको छ । ती मध्ये दुई जनालाइ निःशुल्क होस्टल सहित र अरु १५ जनालाई निःशुल्क शिक्षा दिदै आएको प्रिन्सिपल उप्रेतीले बताउनुभयो ।