शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको कमलामाईमा ९५ जना विदेशबाट आएका भेटिए

शनिवार , बैशाख ६, २०७७

सिन्धुली,६ बैशाख– सिन्धुलीको कमलामाई नगरपालिकामा गत बर्ष २०७६ सालको फाल्गुन १५ गते देखि शुक्रवार सम्म ९५ जना  विदेशबाट आएको भेटिएका छन् ।

कमलामाई नगरपालिकाले भारत तथा विदेशबाट आएकाहरुको तथ्यांक संकलन गरी ९५ जना  विदेशबाट आएको भेटिएको जनाएको हो । कमलामाई नगरपालिकाले शुक्रवार सार्वजनिक गरेको तथ्यांकमा नगरपालिकाका १४ वटै वडामा गरी सबैभन्दा बढी भारतबाट आएकाहरु रहेको देखिएको छ ।

नगरपालिकाको तथ्यांक अनुसार नगरको १४ वटै वडामा गरी ८० जना भारतबाट आएको भेटिएका छन् । त्यसपछि कतारबाट ६ जना, कुवेतबाट १ जना, यूएईबाट २ जना, मलेसियाबाट २ जना, र अन्य मुलकबाट ४ जना कमलामाई नगरपालिका भित्र आएका छन् । नगरपालिकाको वडा नं. १४ मा सबैभन्दाबढी १९ जना भारतबाट मात्रै आएको भेटिएको त'थ्यांकमा उल्लेख छ ।

त्यसपछि वडा नं. १० मा १४ जना यही अवधीमा भारतबाट आएका भेटिएको छ । वडा नं. १ मा १३ जना, वडा नं. २ मा ४ जना, वडा नं. ३ मा १ जना, वडा नं. ४ मा ८ जना, वडा नं. ५ मा ७ जना, वडा नं. ७ मा ११ जना, वडा नं. ८ मा ४ जना, वडा नं. ९ मा ३ जना, वडा नं. ११ मा ६ जना वडा नं. १२ मा ५ जना विदेशबाट आएका छन् । वडा नं. ६ र वडा नं. १३ मा भने कोही पनि भारत तथा विदेशबाट आएहरुको नभेटिएको तथ्यांकमा जनाईएको छ ।

सरकारले भारत तथा विदेशबाट आएहरुमा को’रोना भा’ईरस सं’क्रमण लागेको हुन सक्ने भन्दै उनीहरुको आ'रडीटी विधिबाट को’रोना भा’ईरसको प'रिक्षण गरिहेको छ ।

प्रतिक्रिया