शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा ६ महिना सम्म पूग्ने खाद्य सामाग्री स्टक

शनिवार , बैशाख ६, २०७७

सिन्धुली, ६ बैशाख – जिल्ला प्रशासन कार्यालय, कमलामाई नगरपालिका कार्यालय र उद्योग बाणिज्य संघको सयुक्त टोलीले जिल्ला स्थित खाद्ययान सप्लाई तथा स्र्टोसहरुको अनुगमन गरेको छ ।

विश्वब्यापी म’हामारीको रुपमा फैलदै गएको को’रोना भा’इरस(को’भिन–१९)का कारण चैत्र ११ देखी बैखान १५ सम्म केन्द्र सरकारले लकडाउन घोषणा गरेको अवस्थामा जिल्लाका नागरिकहरुलाई अतिआवश्यक खाध्यानको आपूर्तिलाई सहज बनाउनका लागी आवश्यक पुर्व तयारी गर्नका लागी खाद्य स्र्टोसको स्टक खाद्य सामाग्रीहरुको अनुगमन गरेको स्थानीय प्रशासन तथा स्थानीय सरकारले जिल्लाबासीलाई जतिसुकै लकडाउन लम्बीए पनि सिन्धुलीबासी भोकै बस्नु नपर्ने अवस्था रहेको निष्कर्ष निकालेको जनाएको छ ।

यो बिषम परिस्थितीमा जिल्लाबासीहरुको खाद्ययानको आपूर्तिलाई कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने चिन्ताका साथ खाद्य स्टोर्सको अवस्थाको बारेमा अनुगमन तथा जानकारी लिइएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेले बताउनुभयो ।

अनुगमनको क्रममा कनपा–६ मा रहेको गुप्ता खाद्ययान स्र्टोसमा ३० किलोका दरले ५०० बोरा चामल, सुजित खाद्य स्र्टोसमा ३ हजार बोरा चालम, १ हजार बोरा ढिके नुन, तेल १ हजार कार्टुन, चिउरा २० केजिको ५०० बोरा, आवश्यक्ता अनुसार दाल, चना, केराउ, चिनी लगायत समाग्रीहरु पाइएको र जिल्लाकै ठुलो खाद्य स्र्टोस तथा सप्लायर्स कमला सप्लायर्समा विभिन्न् २४० थरिका खाद्य सामाग्रीहरु झण्डै १२ करोड मुल्य बराबरको सामाग्री स्टक अवस्थामा रहेको पाइएको प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।

सिन्धुलीमाढी बजारका मुख्य खाद्ययान सप्लायर्सहरुको अनुगमनका क्रममा लकडाउन अवधिभर जिल्लामा चामल, दाल, नुन, तेल लगायतका दैनिक उपभोग्य सामाग्री अभाव हुन नदिने प्रतिबद्धता ब्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी समक्ष बताए ।

अनुगमनको क्रममा ब्यवसायीहरुले लकडाउनका कारण आयात तथा निर्यातमा समस्या रहेको गुनासाहरु पनि गरेका थिए बाह्य जिल्लामा समेत खाद्ययान निर्यातको काम गरिरहेका सप्लायर्सहरुले यातायातमा केहि समस्या रहेको भएपनि म’हामारीलाई ध्यानमा राखी सहजताका साथ काम गरीरहेको बताएका थिए ।

लकडाउनलाई प्रभावकारी बनाउन गत बैशाख २ गते जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा बसेको सर्वदलीय सर्वपक्षिय बैठकले जिल्लामा खाद्ययान, तरकारी लगायतका सामाग्री आपूर्ति आउँदो ९ गतेसम्म बन्दगर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार हाल सिन्धुलीमा ब्यवसायीहरुले तराईका जिल्लाबाट खाद्ययानको आपूर्ति बन्द गरिसकेका छन भने स्टक सामाग्रीहरु मात्र विक्री बितरण गरीरहेका छन । वीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी लोकमार्गको प्रयोग गरी अन्य जिल्लाहरु रामेछाप, दोलाखा, काभ्रे, काठमाडाँै, सिन्धुलीपाल्चोक लगायतका जिल्लामा जाने खाद्ययान भने ढुवानी भईरहेको अवस्था छ ।

जिल्लाका सवै स्थानीय तहमा आवश्यक मात्रामा खाद्य सामाग्री उपलब्ध गराउन जिल्लाका खाद्य स्र्टोसहरु सक्षम रहेको देखिएको र यो अवस्थामा सहजताका साथ नागरिकहरुको आवश्यक्तालाई परिपूर्ति गर्न र अप्ठेरो परिस्थीतीमा अनुचित फाईदा नलिइकन नागरिकहरुको समस्यामा सहजता प्रदान गर्न ब्यवसायीहरुलाई प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले सवै ब्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया