सिन्धुली – सिन्धुलीमा अहिले सम्म १ सय ९४ जनाको ¥यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगटिभ अर्थात कोरोना भाईरस नभएको देखिएको छ । कोरोना संक्र्रमण भए नभएको तत्काल जानकारी लिन मिल्ने र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट उनीहरुको परिक्षण गरिएको हो ।
सरकारले कोरोना संक्रमण भए नभएको तत्काल जानकारी लिन मिल्ने र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) र पोलिमरेज चेन रियाक्सन (पीसीआर) गरेर दुई विधिबाट परीक्षण गरिरहेको छ । रगतको नमुनाबाट गरिने परीक्षण आरडीटी हो भने घाँटीको स्वाब सङ्कलन गरेर गरिने परीक्षण पीसीआर हो ।
सिन्धुलीमा कोरोना संक्रमण भए नभएको तत्काल जानकारी लिन रगतको नमुनाबाट गरिने परीक्षण आरडीटी विधिबाट परिक्षण भईरहेको छ । जिल्ला दुई नगरपालिका सहित सात गाउपालिकामा भारत तथा विदेशबाट आएर घरमा एकान्तवासमा बसिरहेकाहरुको ¥यापिड किट मार्फत कोरोना भाईरस परीक्षण भईरहेको छ ।
स्वाथ्य कार्यालय सिन्धुलीका अनुसार अहिले सम्म कमलामाई नगरपालिका,दुधौली नगरपालिका, हरिहरपुरगढी, मरिण, तिनपाटन र फिक्कल गाउपालिकामा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना भाईरसको परिक्षण गरिएको छ । अहिले सम्म कमलामाई नगरपालिका २८ जना, दुधौली नगरपालिकामा १८ जना, हरिहपुरगढी गाउपालिकामा ३७, मरिण गाउपालिका ३८ जना, तिनपाटन गाउपालिकामा ५२ जनाको र फिक्कल गाउपालिका २१ गरी कुल १ सय ९४ जनाको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परिक्षण गरिएका स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिनुभयो ।
आरडीटी परिक्षणका लागि वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीलाई तीन सय र्यापिड किट पठाएपछि परिक्षण सुरु गरिएको हो । जिल्लामा तत्कालका लागि भारत तथा विदेशबाट आएर घरमै एकान्तबासमा बसेका दुई सय ४ जनाको परिक्षण गरिने उहाँले बताउनुभयो ।
सुनकोशीमा शनिबार कोरोना परीक्षण
सिन्धुलीको सुनकोशी गाउँपालिकाको दुई स्थानमा आज र्यापिड डाइग्नोस्टिक टेस्ट विधीबाट कोरोना भाईरसको परिक्षण गरिने भएको छ । सुनकोशी गाउँपालिका ५ खाल्टेस्थित आत्मिय सामुदायिक अस्पताल र रातमाटा स्वास्थ्य चौकीमा विदेशबाट आई घरमै क्वारेन्टाइनमा बस्नेहरुको परीक्षण गर्न लागिएको सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बाहोरा दाहालले जानकारी दिनुभयो ।
काठमाडौबाट आएकाहरुको समेत आवश्यकताअनुसार परीक्षण गरिने जानकारी उहाँले दिनुभयो । सुनकोशीमा विदेशबाट आएकाहरुको संख्या २० जना रहेको छ ।
अध्यक्ष दाहालका अनुसार, सुनकोशीमा अहिले आइसोलेसनमा एकजना पनि विरामी छैन । भारतबाट आएका एकजना आइसोलेसनमा राखिएको र थप परीक्षणका लागि धुलिखेल पठाइएकोमा परिणा नेगेटिभ आएपछि डिस्चार्ज भइसकेका छन् ।