शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको टोल टोलमा राखिएका ढाटले उल्टै स’मस्या जन्माउदै

शुक्रवार , बैशाख ५, २०७७

सिन्धुली, ५ बैशाख – को’रना भा’ईरसको सं’क्रमण नि’यन्त्रण तथा रोकथामका लागि जिल्लाका विभिन्न ठाँउमा राखिएका ढाटले उल्टै स’मस्या खडा गरेको छ ।

नचिनेका मान्छे, मोटर साईकल र अन्य चार पांग्रे साधनलाई गाँउ प्रवेशमा रोक लगाउने भन्दै राखिएका ढाटले एम्बुलेन्स आउन जान र अत्यावश्यक सामान ढूवानीमा असर पु¥याएको स्थानीयले बताएका छन् ।

स्थानीय बासिन्दाका अनुसार अहिले ढाट सदरमुकामकै भित्री माझीटार, मधुटार, पानीट्याङकी जाने भित्री सडक, सिन्धुलीमाढी–चकमके सडकको विभिन्न ठाँउ र मदन भण्डारी लोकमार्गको कमलाखुँज क्षेत्रका विभिन्न ठाउमा राखिएको छ ।

सञ्चारकर्मी कृष्णहरी घिमिरे सडक जस्तो सार्बजनिक कुरालाई ढाट राखेर बन्द गरीदा सर्बसाधारणलाई नै अ’सर गरेको बताउनुभयो । “एम्बुलेन्स जस्तो कुरा दुई मिनेट मात्रै ढिलो भयो भनेपनि बि’रामी मानिसले समयमा नै उपचार नपाएर ज्या’न गु’माउनु पर्ने हुन्छ,” उहाँले भन्नुभयो, “हामी के जंगली युगमा फर्किन खोजेको हो र ?”

उहाँले शान्ति नगरचोक, माझीटार लगायतका ठाँउमा राखिएको ढाट पुलिस प्रसाशनले अझै नहटाएको गुनासो गर्नुभयो । ढाट तेस्र्याउनु स’मस्याको समाधान नभई त्यसको बिकल्प खोजिनु पर्ने स्थानीयको भनाई छ ।

सदरमुकामका मधुटार, शान्तिनगर, बुद्धनगर चोक, रातमाटा,पानीट्यांकी, मिलनचोक डाडा टोल लगाएतका प्रत्येक टोल टोल जाने भित्री बाटोहरुमा अहिले बार लगाउनेहरु भने नचिनेको मानिस तथा मोटरसाईकल लगाएतका सवारी साधन संचालनमा रोक लगाउदै सुरक्षित हुने उपाय अपनाएको बताउछन् ।

सहायक प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले भने दुधौली जाने क्रममा सडकमा भेटिएको ढाट प्रहरी लगाएर हटाईएको जानकारी दिनुभयो । सडकमा ढाट लगाउनु स’मस्या समाधान नभएको र लकडाउनलाई सबैले संबेदनशिल भई पालना गर्नु पर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ढाट राखेको हो भने प्रहरी लगाएर हटाउछौं । सडकमा ढाट तेस्र्याउदा एम्बुलेन्स, सुरक्षाका गाडी, दमकल र अत्यावश्यक सामग्री ढुवानीका गाडीमा समेत असर पर्दछ ।”

प्रतिक्रिया