शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा मकै बालीमा फेरी अमेरिकन फौ’जी कि’राको प्र’कोप

शुक्रवार , बैशाख ५, २०७७

सिन्धुली,५ बैशाख – सिन्धुली जिल्लामा किसानहरुले को’रोना भा’ईरसको सं ’क्रमणको त्रा’स व्यहोरि रहेको बेला फेरी मकै बालीमा अमेरिकन फौ’जी कि’राको प्र’कोप पनि सहनु परेको छ । गत बर्ष देखि देखा पर्न सुरु भएको फौ’जी कि’राले मकै बाली न’ष्ट पार्न थालेपछि सिन्धुलीका किसान चि’न्तित भएका छन् ।

जिल्लाको सुनकोसी गढ्तीर क्षेत्रमा गत साउत महिनाको अन्तिममा मकै बालीमा देखिएको फा’जी कि’राको प्र’कोप फेरी दुधौली नगरपालिका र सुनकोसी गढ्तीर क्षेत्रमा देखिएको छ । त्यस क्षेत्रका किसान यतिबेला मकै बालीमा अमेरिकन फौ’जी कि’राको आ’क्रमण सहन बाध्य भएका छन् ।

एक सातादेखि अमेरिकी फौ’जी कि’राले जिल्लाको सुनकोशी गाउपालिका, गोलन्जोर र फिक्कल गाउपालिका र दुधौली नगरपालिकाका विभिन्न क्षेत्रमा किसानहरुले लगाएको सयौँ हेक्टरको मकै बाली न’ष्ट पार्न थालेको छ ।

अत्याधिक मकै उत्पादन हुने सिन्धुलीको सुनकोशी प्राय सबै वडाहरुमा अमेरिकन फौ’जी कि’राले अन्नबाली स ’खाप पारेपछि त्यस क्षेत्रका किसान चि’न्तित बनेका छन् । सुनकोसी गाँउपालिकाको पनि दुम्जा, झाँगाझोली, मुलकोट, सीतलपाटी लगायत क्षेत्रमा फौ’जी की’राले मकै खाएर स ’खाप बनाएको स्थानीय किसानको गु’नासो छ ।

यसअघि देखा नपरेको कि’राले खेतबारीमा लगाएको बाली सखाप पारेपछि किसानहरुले फौ’जी कि’राको नियन्त्रणका लागि सुनकोशी गाउपालिकालाई सहयोग मागिरहेका छन् । खेतबारीमा लगाइएको बाली र डालेघाँसमा कि’राको प्रकोप देखिएको हो । फौ’जी कि’रा एक पटकमा एक सय मिटर टाढासम्म उडेर जाने र दिउँसोभन्दा बढी राति सक्रिय हुन्छ । मकैको बोटको गुवावाट पसेको कि’राले मकैको डाँठ प्वाल पार्दै जरासम्म खाने गरेको छ ।

त्यस्तै मकैलगायत अन्य खाद्यबालीमा देखिएको फौ’जी कि’राले सबै पात प्वाल पार्ने र पात नै पहेँलो हुने गरेको सुनकोशी गाउपालिका वडा नं. ५ का रामहरी दाहालले गु’नासो गर्नुभयो । किसानहरुले भने आवश्यक रोग निराकरण गर्नको लागि प्राविधिक सहित वि’षादी उपलब्ध गराइदिन गाउँपालिकासँग माग गरेका छन् ।

“मकैका बिरुवा राम्रोसँग सप्रेर आएको थियो,” मुलकोटकी किसान गंगा दाहालले भन्नुभयो, “राम्रो फल्ने आस थियो, तर अनौठो कि’राले मकैको गुवा नै स ’खाप पाररे काटेको छ ।” गाँउमा सबै किसानले रोपेको मकैबालीमा कि’राको प्रकोप देखिएको उहाँको गुनासो छ । बारीमा दुःख गरेर लगाएको मकै गोड्न समेत नपाइ सबै कि’राले न’ष्ट गरेको किसानले बताएका छन् । त्यस क्षेत्रका किसानको गु’जराको मुख्य स्रोत नै मकै र धानबाली हो ।

किसान दाहालले भन्नुभयो, ‘खेतमा मकै कि’राले खाएर नष्ट पारेको छ । न प्राबिधीक छन, न औषधि किन्ने पसल नै खुलेका छन । अलिअलि भएको मकै पनि कसरी जोगाउने केहि सोच्नै सक्या छैन ।’ गत बर्ष पनि सिन्धुलीको सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकामा लगाएको २५ सय हेक्टर भन्दा वढि क्षेत्रफलमा गरिएको मकै बाली फौ’जी कि’राले नष्ट गरेको जनाईएको छ ।

गाउँपालिकाका धेरै किसानहरुले आफ्नो खेत तथा बारीमा लगाएको मकै बाली सखाप भयो भनेर गुनासो गर्न आएको सुनकोशी गाउपालिका अध्यक्ष दिपा बोहोरा दाहालले बताउनुभयो । किसानले जानकारी गराएपछि गाउँपालिकाको कृषि शाखामा कार्यरत कर्मचारी र गाउँपालिकाका केही साथीहरु गएर स्थलगत रुपमा निरीक्षण गर्दा धेरै प्रकोप देखियो र त्यस को निराकरणका लागि विषादी खरिद गरेर किसानलाई वितरण गर्ने योजना बनाएको अध्यक्ष दाहालले बताउनुभयो ।

यसैगरी दुधौली नगरपालिका कृषि शाखाका प्राविधिक राजाराम श्रेष्ठ दुधौली नगरपालिकाको वडा नं. १, २ ८, ११ र १४ नम्बर वडामा किसानले लगाएको मकै बालीमा अमेरिकन फौ’जी कि’राको प्रकोप देखिएको जानकारी दिनुहुन्छ । “ती वडाबाट फौ’जी कि’राले मकैबाली नष्ट गरेको किसानको गुनासो धेरै आएको छ,’ उहाँले भन्नुभयो।

फौ’जी कि’राले भर्खर तीन÷चार फिट अग्लो मकैको बिरुवाको पात र गुवो खाएर नष्ट गरेको उहाँले जानकारी दिनुभयो । त्यस क्षेत्रमा यसअघि पनि धान बालीमा उक्त कि’राको प्रकोप देखिए पनि नियन्त्रण भएको थियो ।

त्यसको केही अंश पिपाहरु माटोमा बसेको र अहिले त्यही लार्भा भएर मकै बालीमा आक्रमण गरेको उहाँले बताउनुभयो ।

दुधौली नगरपालिका वडा नं. १ का अध्यक्ष गोविन्द पहाडी पनि फौ’जी कि’राको आक्रमणलाई जतिछिटो सक्दो नियन्त्रण गर्नु पर्ने बताउनुहुन्छ । लकडाउनको मार खेपी रहेका किसानलाई भोकमरीबाट बचाउन आफुले सक्दो प्रयास गर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया