शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको सुनकोशी गाउँँपालिकामा दाहाल द्वयको दैनिकी पैदल यात्रीको उद्धारमा

बिहिवार , बैशाख ४, २०७७

सिन्धुली, ४ बैशाख – देश पुरै ल’कडाउन छ । अत्यावश्यक बाहेकका सबै काम ठप्प छ । विश्वर फैलिरहेको को’रोना भा’ईरस् (का’ेभिड–१९) को सं’क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनलाई नागरिकले साथ दिदै अत्यावश्यक बाहेकका सबै नागरिक घरबाट बाहिर निस्केका छैन् । अत्यावश्यक बाहेक जनप्रतिनिधिहरु, कर्मचारी, व्यवसायीहरु, राजनितिज्ञ, समाजसेवी लगाउँत सबै नेपाली नागरिक यतिबेला घरमै बसी रहेका छन् ।

तर सिन्धुलीका केही स्थानिय तहका जनप्रतिनिधिहरु भने विहान उज्यालो हुने वित्तिकै सडकमा पुग्छन् । उनीहरु सडकमा लकडाउनको बेवास्ता गर्दै सडकमा पुगेका भने विल्कुलै होईन् । बाध्यताले गर्दा उनीहरु सडकमा पुग्छन् । पुर्वी तराईलाई राजधानी काठमाडौंसँग र काठमाडौंलाई सिन्धुली सहित पुर्वी तराईसँग छोटो दुरीमा जोड्ने १ सय ६० किलोमिटर लम्बाईको विपी राजमार्गमा लकडाउनका कारण पैदलै हिँडेर गन्तव्यसम्म जानेहरुको दैनिक लर्को नै लाग्छ ।

दैनिक सयौंको संख्यामा पैदलै हिँडेर गन्तव्यसम्म जानेहरुको कुरा सुन्दा मन भक्कानिन्छ । काठमाडौंमा ज्याला मजदुरी गर्नेहरु लकडाउनका कारण खान बस्न समस्या भएपछि तिन/चार दिन पैदलै हिँडेर गन्तव्यसम्म जानेहरु विपी राजमार्गमा प्रसस्तै भेटिन्छन् ।

उनीहरुले खानाको त कुरौ छाडौं मिठो खाजा समेत खान पाएका छैन्न् । भो’क भो’कै पैदलै हिँडेर गन्तव्यसम्म जानेहरुको उद्धार गर्नु सिन्धुलीका बागमती प्रदेशसभा सदस्य लेखनाथ दाहाल(राजन) सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, उपाध्यक्ष दिर्वसिँङ मुक्तान, गोलन्जोर गाउँपालिका अध्यक्ष पुष्प कार्की लगाउँतका जनप्रतिनिधि, केही स्थानिय नागरिकहरुको दैनिकी जस्तै भईसक्यो ।

लकडाउन सुरु भएदेखि यसरी पैदलै हिडेर गन्तव्यसम्म जानेहरुलाई सुनकोशी गाउँँपालिका र प्रदेशसभा सदस्य दाहालको संक्रियतामा दैनिक सयौंको संख्यामा उ’द्धार गरिएको छ ।

“गाउँपालिका तर्फबाट म सहित अन्य जनप्रतिनिधिहरु, बागमती प्रदेशसभा सदस्य लेखनाथ दाहाल (राजन), अन्य सहयोगी मन भएका स्थानियहरुले पैदलै हिडेर गन्नव्य सम्म जानेहरुको दैनिक उ’द्धार गरी रहेका छौं । हामीले हाम्रो सिमाना नेपालथोक देखि खुर्कोट सम्म र खुर्कोटबाट पनि सिन्धुलीमाढी हुदै भिमान चुरेसम्म विभिन्न सवारी साधानहरुको व्यवस्था गर्दै उद्धार गरी रहेका छौं । पैदल यात्रीहरुलाई खाजा स्वरुप चाउचाउ,विस्कुट र पानी खुवाउने पनि गरेका छौं । दैनिक काम गरेर खाने मजदुरहरु खान नै समस्या भएर यसरी दुःख साथ हिडेर गन्तव्यसम्म जाने गरेका छन् । यस्तो दुःख मा सहयोग गर्नु नै मावनता हो ”सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले भन्नुभयो ।

उहाँले बिहिवार(आज) पनि करिव २ सय जना पैदल यात्रीहरुलाई उद्धार गरिएको बताउनुभयो । सिराहा, सप्तरी, ओखलढुगां, महोत्तरी लगाउँतका जिल्लाका पैदलै हिडेर गन्नव्य सम्म जानेहरुको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । “आज मात्रै ५ गाडी पैदल यात्रुहरुलाई उद्धार गरेउ, हामीले तरकारी बोक्ने, खाद्यान्न बोक्ने गाडीहरुसँग समन्वय गरेर पठाएका छौं । कतिपय जिल्लाका निजी बोर्डिङ स्कुलहरुसँग समन्वय गरेर पठाएका छौं । निजी बोर्डिङहरुले पनि सहयोग गरिरहनुभएको छ । आज सिद्धस्थली इग्लिस बोर्डिङ स्कुलसँगको समन्वयमा उसैको बसबाट पनि उद्धार गरि पठायौँ ” अध्यक्ष दाहालले भन्नुभयो । लकडाउन सुरु भएदेखि अहिले सम्म झन्डै सात हजार भन्दाबढी पैदल यात्रीहरुलाई उद्धार गरिएको अध्यक्ष दाहालले बताउनुभयो ।

लकडाउनका कारण पैदलै हिँडेर गन्तव्यसम्म जानेहरुलाई बाटोमा खाना, खाजा र पानीको व्यवस्था मिलाउन गाउँँपालिका राष्ट्रिय महासंघले आग्रह गरेको छ । उक्त आग्रह अनुसार पैदलै हिडेर गन्तव्यसम्म जानेहरुलाई खाना, खाजा र पानीको व्यवस्था मिलाउन सुनकोशी गाउँपालिका तयार रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया