सिन्धुली,४ बैशाख – सिन्धुली जिल्लामा भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुको र्यापिड किट मार्फत को’रोना भा’ईरसको परिक्षणलाइ द्रुत गतीमा लगिएको छ ।
स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले स्वास्थ्य कार्यालय सिन्धुलीलाई तीनसय र्यापिड किट पठाएको थियो । जिल्लालाई उक्त किट प्राप्त भएसँगै को’रोना भा’ईरसको परिक्षणलाई द्रुत गतिमा लागिएको हो ।
जिल्लामा अहिलेसम्म ११९ जनाको र्यापिड किट मार्फत को’रोना भा’ईरसको परिक्षण गरिएको र परिक्षणका क्रममा सबैको नजिता नेगेटिभ भएकोले सिन्धुली जिल्ला सुरक्षित देखिएको छ । भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिलाई लक्षित गरि उक्त किट परिक्षणलाई द्रुत गतिमा लागिएको छ ।
भारत तथा तेस्रो मुलकबाट आएर घरमा एकान्तवासमा बसिरहेका र उनीहरुसँगको सम्पर्कमा रहेका व्यक्तिहरुको र्यापिड किट (र्यापिड डाइग्नोस्टिक टेस्ट) मार्फत को’रोना परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र साहले जानकारी दिनुभयो ।
र्यापिड किट मार्फत को’रोना परिक्षण सदरमुकाम समेत रहेको कमलामाइ नगरपालिकामा तीन जनाको, हहिरपुगढी गाउपालिकामा २६ जना, मरिण गाउपालिकामा ३८ जनाको र तीनपाटन गाँउपालिकामा ३४ जनाको गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको उक्त कार्यालयले जनाएको छ ।
तीनपाटन गाँउपालिकाका अध्यक्ष कर्णबहादुर थापालेले बिहिबार मात्रै बेलघारी स्वास्थ्य केन्द्रमा १६ जनाको, लाम्पन्टार स्वास्थ्य केन्द्रमा १२ जनाको र मझुवा दोभानमा छ जनाको को’रोना भा’ईरस परिक्षण गरिएकोमा सबैको परिणाम निगेटिभ आएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिालाई लक्षित गरि किटमार्फत को’रोना परिक्षण गरेका छौं । बेल्घारीमा गरिएको परिक्षणमा भने चार जना काठमाण्डौबाट आएका पनि छन् ।’
यता जिल्ला प्रशासन कार्यालयले भने सिन्धुली जिल्लामा भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिको संख्या २०७ जना रहेको जनाएको छ । खासगरि बाहिरबाट आएका व्यक्तिलाइ लक्षित गरि टेष्टको दायरा फराकिलो पारिएको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता न्यौपानेले बताउनुभयो ।
विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेर घरमा एकान्तवास बसेका, चिकित्सकको निर्देशन अनुसार १४ देखि २१ दिनसम्म क्वारेन्टीनमा बसेकाहरुको र् पिड किटमार्फत परिक्षण गरिएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा विदेशबाट आएका २०७ जनाको र्यापिड किट मार्फत को’रोना परिक्षण गरिने छ । यस अघि सिन्धुली अस्पतालमा सात जनाको आईसोलेसनमा भर्ना गरी उपचार गरिएकोमा स्वाब परिक्षण गर्दा को’रोना भा’ईरस रिर्पोट नेगेटिभ भएको थियो ।
पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा वस्दै आएका सिन्धुलीको कमलामाइ नगरपालिका–७ रामपुरका १९ वर्षीय पुरुषको र्यापिड टेष्टबाट को’रोना रिपोर्ट नेगेटिभ आएका छ । उहाँ कडाउनकै बीच घर आउनु भएको थियो । नतिजा नेगेटिभ आएपनि उहाँलाइ र उहाँको वुवालाइ क्वारेन्टाइनमा राखिएको छ । छिमेकीहरुलाइ होम क्वारेन्टाइनमा वस्न भनिएको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता उपेन्द्र न्यौपनाले जानकारी दिनुभयो ।
बिश्व नै को’रोना भाइरसका कारण समस्यामा रहदाँ सिन्धुली जिल्ला भने अहिलेसम्म सुरक्षित देखिएको छ । सिन्धुली जिल्लामा अहिलेसम्म ७ जनाको स्वाब परिक्षण गरीएकोमा सबैको नजिता नेगेटिभ आएको हो ।
जिल्लामा अहिलेसम्म को’रोना संक्रमित नभेटिए पनि सा’वधानी भने अपनाउन पर्ने स्थानीय बासिन्दाको भनाई छ ।