सिन्धुली,४ बैशाख – को’रोना भा’ईरस(को’भिड–१९) को सं’क्रमणलाई फैलिन नदिनका लागि सरकारले देशभर लागू गरेको लकडाउन (बन्दाबन्दी)लाई बेवास्ता गरी आवतजावत गर्ने मानिसहरुलाई लक्षित गर्दै सिन्धुलीका गाउँ तथा टोल प्रवेश गर्ने भित्री बाटोमा ढाट राखेर बाटो बन्द गरिएको छ ।
लकडाउनका बेलामा पनि मानिसहरु तथा मोटरसाईकलहरु संचालनमा नरोकिएपपछि भित्री बाटोमा बार लगाएर स्थानियहरुले सु’रक्षित हुने उपाय अपनाएका हुन् ।
सिन्धुली सदरमुकामका विभिन्न टोल देखि जिल्लाका विभिन्न स्थानिय तहहरुमा स्थानियले आफ्नो गाउँ तथा टोलमा प्रवेश गर्ने मुख्य सडक बाहेकको भित्री बाटोमा बार लगाएर अनावश्यक रुपमा हिड्ने मानिसहरुलाई गाउँ प्रवेशमा रोक लगाएका हुन् । सिन्धुली सदरमुकामका मधुटार, शान्तिनगर, बुद्धनगर चोक, रातमाटा, ढुंग्रेवास, पानीट्यांकी, मिलनचोक लगाएतका प्रत्येक टोल टोल जाने भित्री बाटोहरुमा अहिले बार लगाएर मानिस तथा मोटरसाईकल लगाएतका सवारी साधन संचालनमा रोक लगाउदै सुरक्षित हुने उपाय अपनाएको स्थानियहरु बताउछन् ।
आधुनिक इग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल भानु गुरुङले पानीट्यांकी, डाडाटोलको बाटोमा बाटोमा ढाट राखेको तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्दै एम्बुलेन्स, प्रहरीको गाडी, खाद्यवस्तु तथा औषधि बोकेको गाडी, दमकल लगाएत अत्यावश्यक बाहेक अरु सवारीलाइ पूर्णरूपमा निषेध गरिएको बताउनुभएको छ ।