सिन्धुली,३ बैशाख – को’रोना भा’ईरस (को'भिड–१९) को सं’क्रमण रोथाम तथा न्यूनीकरणको लागि लक डाउनको समय थप भएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले नि’षेधाज्ञा थप गरेको छ ।
बुधवार राती १२ बजे देखी २०७७ साल बैशाख १५ गते मध्यरात सम्म सं’क्रमण रोग ऐन २०२०को दफा (२)को अधिकार प्रयोगगरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम निधाज्ञा आश थप गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताउनुभयो । उक्त आशको उ’लंघन गर्ने व्यक्तिलाई कानुन बजिम का’रबाही गरिने उहाँले बताउनुभयो ।

नि’षेधाज्ञा जारी भएको समयमा औधी उचार, खाद्य बस्तु खरिद, जस्ता अत्याबश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने, स्वास्थ्यकर्मी, सूरक्षा निकायले प्रयोग गर्ने बाहेक कुनैपनि प्रकारका सार्वजनिक वा निजि यात्रुबाहक सवारी साधन सञ्चालन गर्न नपाईने उहाँले बताउनुभयो ।
यस्तै स्वास्थ्य, सूरक्षा, खाद्यबस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवासंग सम्बन्धित कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालयबाट अनुमति पत्र लिई सेवा सञ्चालन गर्ने, औषधि तथा स्वास्थ्य उपकरण, खाद्यबस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगका कर्मचारी बाहेक निजि क्षेत्रका कर्मचारीहरु घरबाट बाहिर ननिस्कने समेत उहाँले आग्रह गर्नुभएको छ ।
त्यसै गरी घर भाडामा बस्ने कुनै पनि व्यक्ति वा परिवारलाई नि’षेधाज्ञा अवधिभर भाडामा बसेको घरबाट निकाल्न नपाईने र यदी निकालेमा कान बमोजिम का’र्वाहीगरी स’जाय हुने उहाँले बताउनु भयो ।