सिन्धुली,३ बैशाख – विश्वभर फैलिरहेको को’रोना भा’ईरस(को’भिड–१९) का कारण प्र’भावित भएका सिन्धुलीको कमलामाई नगरपालिका –५ का ज्याला मजदुरी गरेर गुजरा चलाउने, अ’साहय, वि’पन्न परिवारलाई रा’हत वितरण गरिएको छ ।
प्लान ईन्टरनेशनल नेपालको सहयोगमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीले उनीहरुलाई रा’हत स्वरुप नगद वितरण गरेको हो ।
कमलामाई नगरपालिका ५ नं.वडा कार्यालयले संकलन गरेको तथ्यांक मध्ये कमलामाई नगरपालिकाले राहत दिन योग्य भनि प्रमाणित गरेका १ सय ३३ घरपरिवारलाई राहत वितरण गरिएको कमलामाई नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष पुर्ण बहादुर खडकाले जानकारी दिनुभयो । “वडाले संकलन गरेर नगरपालिकामा सिफारिस गरेर पठाएको तथ्यांकलाई पनि कमलामाई नगरपालिकाले राहत दिन योग्य पनि प्रमाणित भएका घरपरिवारलाई मात्रै रा’हत वितरण गरिएको छ” उहाँले भन्नुभयो ।
५ नं. वडाका १ सय ३३ घरपरिवारलाई सरकारले दिने रा’हत प्याकेज बराबरको खाद्यान्न किन्न पुग्ने गरी नगद २ हजार ७ सय ३० रुपैया राहत स्वरुप वितरण गरेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीका सभापति अशोक श्रेष्ठले जानकारी दिनुभयो । प्रभावितहरुले आफ्नो इच्छा अनुसारका खाद्यान्न किनेर खाउन भनेर नगद नै राहत प्याकेज वितरण गरेको सभापति श्रेष्ठले बताउनुभयो ।
“नगरपालिकाले राहत वितरण गर्न हामीलाई उपलब्ध गराएको तथ्यांकका आधारमा १३३ घरपरिवारलाई राहत वितरण गरेका हौं । सरकारले दिने राहत प्याकेजमा सबै कुरा मिलाएर दिएको हुन्छ । तर पनि हामीले प्रभावितहरुले पनि आफ्नो इच्छा र आवश्यकता अनुसार किनेर खाउन भनेर सरकारको राहत प्याकेज बराबरकै रकम उपलब्ध गराएका छौं ”,सभापति श्रेष्ठले भन्नुभयो ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीले नगरपालिकाले राहत वितरण गर्न योग्य बनि छनोट गरेका नगरपालिकाको ६ ओटा वडाहरुका श्रमिक, वि’पन्न परिवारलाई राहत वितरण गर्ने सभापति श्रेष्ठले जनाउनुभयो ।
जस अन्तर्गत अहिले सम्म कमलामाई नगरपालिका वडा नं. ७ मा १ सय ९७ घरपरिवार र वडा नं. १३ मा ९८ घरपरिवारलाई राहत वितरण गरि सकिएको सभापति श्रेष्ठले बताउनुभयो । प्लान ईन्टरनेशनल नेपालको कार्य क्षेत्र रहेको दुई नगरपालिका कमलामाई, दुधौली र गोलन्जोर, सुनकोशी, मरिण र तिनपाटन गाउपालिकामा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीले राहत वितरण गर्ने उहाँले जानकारी दिनुभयो ।