शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

खुसिको खवर : सिन्धुलीमा अहिले सम्म भेटिएन को’रोना

बुधवार , बैशाख ३, २०७७

सिन्धुली,३ बैशाख – को’रोना भा’ईसर(को’भिड –१९) भए नभएको पत्ता लगाउँन सिन्धुलीको मरिण गाउँँपालिकामा ३८ जनाको परिक्षण गरिएको छ । भारत तथा विदेशबाट आएर घरमा एकान्तवासमा बसिरहेकाहरुको र्‍यापिड किट (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) मार्फत को’रोना परीक्षण गरिएको हो ।

परिक्षण गरिएका सबै ३८ जनामा को’रोना भाईरस् नभएको अर्थता परिक्षण रिर्पोट नेगेटिभ देखिएको परिक्षणमा संलग्न चिकित्सको भनाई उद्रित गर्दै मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो । भारत तथा विदेशबाट आएर घरमा एकान्तवासमा(होम क्वारेन्टाईन) बसी रहेका मरिण गाउँपालिकाको सात वटै वडाको गरी ३८ जनाको ¥यापिड किट मार्फत को’रोना भा’ईरस् परिक्षण गरिएको अध्यक्ष बम्जनले जानकारी दिनुभयो ।

महादेवस्थान स्वास्थ्य चौकी जयमगंलमा मरिण गाउँपालिकाको वडा नं. ५ र ७ का एक महिला सहित ८ जना, आधारभुत नवज्योती विद्यालय धमिलेमा वडा नं. १,२ र ६ का एक महिला सहित ९ जना, वडा नं. ४ को कार्यालय साहानमा वडा नं. ३ र ४ का दुई महिला सहित २१ जनाको र्‍यापिड किट मार्फत को’रोना भा’ईरस परिक्षण गरिएको अध्यक्ष बम्जनले बताउनुभयो ।

मरिण गाउँपालिका वडा नं. १ का २ जना, वडा नं.२ मा ३ जना, वडा नं. ३ का २ जना, वडा नं. ४ का १२ जना, वडा नं. ५ का ३ जना, वडा नं. ६ का ९ जना, वडा नं. ७ मा एक जना सर्लाहीबाट आएका सहित ५ जनाको परिक्षण गरिएको मरिण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखले जानकारी दिनुभयो ।

परिक्षण गर्दा को’रोना भा’ईरस नेगटिभ देखिए पनि ३८ जनालाई सचेत हुदै अझै केही दिन घरमै एकान्तबास (होम क्वारेन्टाईन)मा बस्न आग्रह गरिएको अध्यक्ष बम्जनको भनाई छ । को’रोना भा’ईरस्(को’भिड–१९)को सं’क्रमण फैलिन नदिन मरिण गाउँपालिकामा ८ बेडको क्यारेन्टाईन र २ बेडको आईसोलन तयार गरिएको अध्यक्ष बम्जनले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहको टोलीले उहाँहरुको परिक्षण गरेको हो ।

को’रोना भा’ईसर(कोभिड –१९) भए नभएको पत्ता लगाउँन सिन्धुलीको हरिहरपुरगढी गाउँँपालिकामा २६ जनाको परिक्षण गरिएको छ । भारत तथा विदेशबाट आएर घरमा एकान्तवासमा बसिरहेकाहरुको ¥यापिड किट (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) मार्फत को’रोना परीक्षण गरिएको हो । परिक्षण गरिएका सबै २६ जनामा को’रोना भाईरस् नभएको अर्थता परिक्षण रिर्पोट नेगेटिभ देखिएको परिक्षणमा संलग्न चिकित्सको भनाई उद्रित गर्दै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ लामाले जानकारी दिनुभयो ।

२३ जना पुरुष र ३ जना महिला गरी २६ जना भारत तथा विदेशबाट आएकाहरुको र्‍यापिड किट (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) मार्फत को’रोना परीक्षण गरिएको अध्यक्ष लामाले जानकारी दिनुभयो । यस आइतवार र सोमवार दुधौली र सिन्धुली अस्पतालमा भारत तथा विदेशबाट आएका २१ जनाको को’रोना भा’ईसर(को’भिड –१९) भए नभएको पत्ता लगाउँन र्‍यापिड किट (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) मार्फत को’रोना परीक्षण गरिएको थियो । उनीहरु सबैहरुमा को’रोना भा’ईरस नभएको रिर्पोट आएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया