सिन्धुली,२ बैशाख– पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका सिन्धुलीको कमलामाई नगरपालिका ७ रामपुरका एक जना १९ बर्षिया पुरुषको सिन्धुली अस्पतालमा चे कजाँच गर्दा कोֹ’रोना ने गेटिभ देखिएको छ ।
उहाँको सिन्धुलीमा अस्पतालमा र्यापिड किट (र्यापिड डाइग्नोस्टिक टेस्ट) मार्फत को’रोना परीक्षण भएको सिन्धुली अस्पतालका को’रोना भा ईरस् फोकल पर्सन डाक्टर प्रसन्नराज भण्डारीले जानकारी दिनुभयो । उहाँ बस्दै आएको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा को’रोना भा’इरस (को भिड–१९) को सं’क्रमण पुष्टिभएपछि उहाँ आफैले अस्पतालमा फोन गरेर चेकजाँच गर्न आउनुभएको डाक्टर भण्डारीले बताउनुभयो ।
उहाँसँगको सम्पर्कमा रहेका उहाँको बुबालाई पनि र्यापिड किट (र्यापिड डाइग्नोस्टिक टेस्ट) मार्फत को’रोना परीक्षण हुदाँ नेगेटिभ देखिएको डाक्टर भण्डारीले जानकारी दिनुभयो । अहिले उहाँ हरु दुई जनालाई सिन्धुलीमाढीको भूसंरक्षण कार्यालयमा निर्मित क्वारेन्टाइनमा राखिएको उहाँले जानकारी दिनु भयो ।