शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीका एक जना १९ बर्षिया पुरुषको परिक्षण हुदै

मंगलवार , बैशाख २, २०७७

सिन्धुली,२ बैशाख – पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका सिन्धुलीको कमलामाई नगरपालिका ७ रामपुरका एक जना १९ बर्षिया पुरुष सिन्धुली अस्पतालमा चे क जाँचका लागि आउनुभएको छ । उहाँको अहिले सिन्धुलीमा अस्पतालमा र्‍यापिड किट (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) मार्फत को’रोना परीक्षण भईरहेको सिन्धुली अस्पतालका को’रोना भा’ईरस् फोकल पर्सन डाक्टर प्रसन्नराज भण्डारीले जानकारी दिनुभयो ।

उहाँ बस्दै आएको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा को’रोना भा’इरस (को’भिड–१९) को सं’क्रमण पुष्टिभएपछि उहाँ आफैले अस्पतालमा फोन गरेर चे कजाँच गर्न आउनुभएको डाक्टर भण्डारीले बताउनुभयो ।

उहाँसँगको सम्पर्कमा रहेका अन्य दुई जना पनि  र्‍यापिड किट ( र्‍यापिड डाइग्नोस्टिक टेस्ट) मार्फत कोरोना परीक्षणका लागि अस्पताल आउदै गरेको डाक्टर भण्डारीले जानकारी दिनुभयो ।  र्‍यापिड किट ( र्‍यापिड डाइग्नोस्टिक टेस्ट) मार्फत को’रोना परीक्षण भईरहेकाले थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया