शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

द्रुत परीक्षण सुरु गरिएसँगै सं’क्रमितको सं'ख्या पनि बढ्दै

मंगलवार , बैशाख २, २०७७

काठमाडौं २ बैशाख– नेपालमा को’रोना भा’इरस (को’भिड–१९) को  र्‍यापिड अर्थात द्रु'त परिक्षण सुरु गरिएसँगै सं’क्रमितको संख्या पनि ब'ढ्दै गएको छ ।

अहिलेसम्म नेपालमा १६ जनामा को’रोना भएको पु'ष्टि भएको छ । हिजो रौतहटका एक १९ वर्षका युवा तथा कैलालीका एकजना ६५ वर्षका महिलामा रआज पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा को'रोना भा'इरस (को'भिड(१९) को सं'क्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हिजो गरिएको परीक्षणमा कैलालीको लम्कीचुहाका ६५ वर्षका महिलामा को'रोनाको सं’क्रमण पुष्टि भएको हो । अस्ति पर्साको वीरगंज महानगरपालिका, वडा नम्बर दुइ, छपकैया स्थित मस्जिदमा बसेका तीन जनामा पनि को’रोनाको सं'क्रमण पुष्टि भएको थियो ।

यसैबीच को’भिड–१९ तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि सरकराले अन्तरिम निर्देशिका २०७६ जारी गरेको छ । को’भिड–१९ को सं’क्रमण दर बढेसँगै सरकारले अन्तरिम निर्देशका जारी गरेको हो ।

प्राथमिकदेखि विशिष्टिकृत सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थामा को’रोनाका शं’कास्पद, सम्भावित र पुष्टि भएका व्यक्तिको व्यवस्थापनलाई सहज र सरल बनाउन निर्देशिका बनाइएको सरकारले जनाएको छ । सरकारले कोभिड–१९ को परीक्षण तथा उपचारका लागि मुलुकभरबाट एक सय ११ वटा सरकारी तथा निजी अस्पतालका साथै मेडिकल कलेजको सूची सार्वजनिक गरेको छ ।

२५ वटा अस्पताललाई ‘हब’ अस्पतालको रुपमा तोकिएको छ भने ६४ वटा प्रादेशिक अस्पताल र बाँकी को’भिड क्लिनिक सञ्चालन अस्पतालका रूपमा काम गर्नेछन् । निर्दे्शिकामा आवश्यकताअनुसार अस्पताल विस्तार तथा परिमार्जित गर्दै लाने भनिएको छ ।

प्रतिक्रिया