शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा ७० प्रतिशत घटेर ठेक्का

मंगलवार , बैशाख २, २०७७

सिन्धुली,२ बैशाख– तोकिएको रकम भन्दा कति घटिमा लिंदा काम पुरा गर्न सकिन्छ होला । आधामा वा त्यो भन्दा बढि । जति काम गर्ने हो त्यहि अनुसारको लागत स्टमेट बनाएर वोलपत्र आह्वान गरिन्छ, छिटो छरितो काम गरेर ठेकेदारले केही रकम बचाउछन् भन्ने प्रचलन छ ।

तर यहाको कमलामाइ नगरपालिकामा उदेक लाग्दो रकममा काम गर्न ठेकेदार मञ्जुर भएका छन् । आधा मात्र होइन वोलपत्र आह्वानमा भएको रकममा ७० प्रतिशत घटेर ३० प्रतिशत रकममा काम पुरा गर्ने गरि ठेक्का ठेकेदारले काम पाएका छन । कमलामाई नगरपालिका २ को सडक स्तरोन्नतीका काम अन्तर्गत सालुवेसी–खोल्माडा“डाका लागि कमलामाइ नगरपालिकाले ४८ लाख ९१ हजारको वोलपत्र आह्वान गरेको थियो ।

प्रतिस्पर्धाका भई घटाघटका आधारमा उक्त वोलपत्र सबैभन्दा कम सामाजिक विकास निर्माण सेवाले १७ लाखमा सखारेको छ । नगरपालिकाका इन्जिनियर विनोदवावु खकुरालका अनुसार सबैभन्दा कम उक्त निर्माण सेवाले ६९ प्रतिशत विलोमा गइ काम सखारेको हो ।

जतिसुकै घटिमा काम लिएपनि वोलपत्रकै रकमको क्वान्टीटी अनुसार पुरा हुनुपर्ने इन्जिनियर खकुरालको भनाइ छ । सरकारी दररेट अनुसार स्टमेट हुने र प्रतिस्पर्धाका आधारमा कम रकम कवोल गर्नेलाइ कामको इजाजत दिने गरिन्छ । धरौटी रकम जम्मा गरेर काम पुरा गर्न लगाइने भएकाले घाटानाफा निर्माण व्यवसायीले नै सहनु पर्ने इन्जिनियर खकुरालले बताउनुभयो । वोलपत्र आह्वान गर्दा मागेका कागजात र कम रकम कवोल गर्नेकै वोलपत्र स्विकार गर्नुपर्ने हुन्छ ।

सडक स्तोरान्नतीको काम सखारेका निर्माण व्यवसायी हर्कबहादुर पुलामी गाउँको काम र आफ्नै मेशिन काम नपाएर बसिरहेकाले नाफा नभएपनि घाटा नहुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “प्रतिस्पर्धा गरेर कम रकम कवोल नगरे काम नै पाइदैन्, के गर्नु बाध्यता छ ।” सोही कामलाइ २२ लाखमा सखार्ने गरि वोलपत्र पेश गरेका परजुना निर्माण सेवाका शान्तिबहादुर खत्री कामै गर्न नसक्ने रकममा ठेक्का सखार्ने प्रवृत्तिले गुणस्तर नहुने बताउनुहुन्छ । मेरो आफ्नै मेशिन र छोरा प्राविधिक भएकाले नाफा नहुने गरि काम हालको थिंए, उहाँले भन्नुभयो, “ त्यो भन्दा घटिमा अर्कै साथीले हालेछन्, यस्तै हो प्रतिस्पर्धामा के गर्ने ।”

कमलामाइ नगरपालिकाले करिब सात करोड रकमको ७ वटा प्याकेजको वोलपत्र आह्वान गरेको थियो । सबैमा प्रतिस्पर्धा भएको छ । सबै काममा ५० प्रतिशत त घटि मै वोलपत्र सखार्ने गरि प्रतिस्पर्धा भएको छ । नगरपालिकाले गरेको वोलपत्रमा ढुंग्रेवास सडक मर्मत ५६ लाख ७२ हजार, काउछे सडक निर्माण ४८ लाख ९० हजार, महाकालीथान क्रियापुत्री भवन ४८ लाख ८८ हजार, लुङ्गेलीटार सडक स्तरोन्नती ४८ लाख ९१ हजार, हिरापानी सडक कालोपत्रे एककरोड ९५ लाख,वर्देउटार सडक कालोपत्रे एककरोड ९२ लाख ९९ हजारका रहेका छन् ।

यी रकमहरु सडक वोर्ड नेपाल र स्थानीय पूर्वाधार साझेदारी अन्तर्गतका रहेको कमलामाइ नगरपालिकाले जनाएको छ । सडक वोर्डबाट वोलपत्र सखारेको अंक मात्रैकोे रकम निकासा भइ आउने छ भने पूर्वाधार विकास कार्यक्रममा घटीमा ठेक्का लागि वचेको रकम सोही सडकको थप काममा प्रयोग हुनेछ ।

अढाइ प्रतिशत रकम कन्ेटन्जेन्सी वापत कार्यालय कटाउ“छ । यतिखेर हरेक वडामा प्राविधिक भएकाले काममा कुनैपनि संझौता नहुने इन्जिनियर खकुरालको दावि छ । इस्टमेट अनुसारकै काम हुनुपर्छ, उहाँले भन्नुभयो, ‘घाटा लाग्यो भनेर काम पुरा नगरी छाड्ने काम भएमा कारवाही हुन्छ ।’

ठेकेदार मिलेमा वेपत्तो नाफा हुने तर प्रतिस्पर्धा गर्दा पनि माटो कटिङको काममा घाटा नहुने निर्माण व्यवसायी खुनबहादुर पुलामी बताउँछन् । उहाँ भन्नुहुन्छ , ‘करोडको काम २० लाखमै सखारेर पनि सकेका छन् ।’ वोलपत्र अंकको काम सक्नका लागि प्राविधिकदेखि कार्यालय प्रमुखसम्मलाइ मिलाउनुपर्ने एक व्यवसायीले सुनाए ।

प्रतिक्रिया