सिन्धुली, –को’रोना भा’ईसर(को’भिड –१९) भए नभएको पत्ता लगाउन सिन्धुलीमा २१ जनाको प'रिक्षण गरिएको छ । भारत तथा विदेशबाट आएर घरमा ए'कान्तवासमा बसिरहेका र उनीहरुसँगको सम्पर्कमा रहेकाहरुको र्या'पिड किट (र्यापिड डा'इग्नोस्टिक टे'स्ट) मार्फत को’रोना परीक्षण सुरु गरिएको हो ।
वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले स्वास्थ्य कार्यालय सिन्धुलीलाई तीन सय र्या'पिड किट पठाएपछि उनीहरुको र्या'पिड डा'इग्नोस्टिक टेस्ट मार्फत को’रोना प'रीक्षण गरिएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले बताउनुभयो । उहाँका अनुसार प'रिक्षण गरिएको सबै २१ जनाको नै प'रिक्षण रिपोर्ट नेगेटिभ देखिएको छ ।
“भारत तथा विदेशबाट आएकाहरुको परिक्षण गर्न सुरु गरेकाछौं । दुधौली नगरपालिकामा र सिन्धुली अस्पतालमा अहिले सम्म परिक्षण भयो । शनिवार दुधौलीको सिर्थौली प्राथमिक स्वास्थ्य चौकीमा ६ जना,दुधौली हेल्थपोष्टमा ९ जना, हत्पते स्वास्थ्य चौकीमा ३ जना गरी १८ जनाको परिक्षण गरेका थियौं । उहाँहरु १८ जनाकै रिर्पोट नेगेटिभ आएको छ । र सिन्धुली अस्पतालमा ३ जनाको आईतवार परिक्षण गरेका छौं । यी ३ जनाको पनि रिर्पोट नेगेटिभ आएको छ ।”, उहाँले भन्नुभयो ।
सिन्धुली अस्पतालमा आईतवार परिक्षण गरेका मध्ये दुई जना महिला कमलामाई नगरपालिका ४ देउरालीका र एक जना बारा जिल्ला घर भई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान रहेको प्रमुख शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“सिन्धुलीका दुई स्थानिय महिला विरगन्जबाट र अर्का पुरुष बाराबाट आएकाले उनीहरुलाई परिक्षण गरिएको हो । उनीहरुको रिर्पोट नेगेटिभ छ । होम क्वा'रेन्टाईनमा बस्न आग्रह गरेका छौं ।”
विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेर घरमा एकान्तवास बसेका, चिकित्सकको निर्देशन अनुसार १४ देखि २१ दिनसम्म क्वरेण्टीनमा बसेकाहरुको र्यापिड किटमार्फत परीक्षण गरिने भएको हो । परीक्षणमा रिपोर्ट पो'जेटिभ आएमा आ’इसोलेशनमा राखेर उपचार गर्ने र थप परीक्षण एवम् उपचार आवश्यक परे काठमाडौँको स'रुवा रो'ग नि'यन्त्रण अस्पताल टेकु पठाइने प्रमुख शाहले जानकारी दिनुभयो ।
सिन्धुलीका दुई नगरपालिका, सात गाउपालिका गरी नौ स्थानिय तहमा विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेर घरमा एकान्तवास बसेका, चिकित्सकको निर्देशन अनुसार १४ देखि २१ दिनसम्म क्व'रेण्टीनमा बसेकाहरुको परिक्षण गरिने उहाँले जानकारी दिनुभयो ।
जिल्लाका नौ ओटै स्थानिय तहमा विदेशबाट आएका २ सय ४ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट मार्फत को’रोना परीक्षण गरिने प्रमुख शाहले बताउनुभयो । को’रोना भा’ईरसको सं ’क्रमण फैलिन नदिन सरकारले चैत ११ गते गरेको ल'कडाउनपछि पनि भारत तथा तेस्रो मुलकबाट आएकाहरुको तथ्यांक संकलन भईरहेकाले उनीहरुको पनि परिक्षण गर्ने उहाँको भनाई छ । यस अघि सिन्धुली अस्पतालमा ६ जनाको आ'ईसोलेसनमा भर्ना भएकोहरुको पनि स्वा'व परिक्षण गर्दा को’रोना भा'ईरस सं'क्रमण रिर्पोट नेगेटिभ भएको थियो ।