शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा पनि कोरोना परीक्षण सुरु

सोमवार , बैशाख १, २०७७

सिन्धुली १ बैशाक – सिन्धुलीमा पनि को’रोना भा’इरस (को’भिड– १९) को परीक्षण गर्न सुरु भएको छ । स्वास्थ्य कार्यालय सिन्धुलीले विदेशबाट आएर घरमा एकान्तवासमा बसिरहेका र उनीहरुसँगको सम्पर्कमा रहेकाहरुको र्‍यापिड किट (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) मार्फत को’रोना परीक्षण सुरु गर्ने भएको हो ।

वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले स्वास्थ्य कार्यालय सिन्धुलीलाई तिन सय र्‍यापिड किट सिन्धुलीका लागि पठाएको थियो । र्‍यापिड किट मार्फत सिन्धुलीको दुधौलीमा नगरपालिकामा १८ जनाको को'रोना परिक्षण गरिएको छ । परिक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सिन्धुलीका गंगाराम कार्कीले जानकारी दिनुभयो ।

विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेर घरमा एकान्तवास बसेका, चिकित्सकको निर्देशन अनुसार १४ देखि २१ दिनसम्म क्वरेण्टीनमा बसेकाहरुको  र्‍यापिड किटमार्फत परीक्षण गरिने भएको हो । परीक्षणमा रिपोर्ट पोजेटिभ आएमा आइसोलेशनमा राखेर उपचार गर्ने र थप परीक्षण एवम् उपचार आवश्यक परे काठमाडाँैको सरुवा रोग नियन्त्रण अस्पताल टेकु पठाइने बताइएको छ ।

प्रतिक्रिया