काठमाडौं,२९ चैत – को’रोनाबि’रुद्धको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावले नेकपाभित्र फेरी जु’हारी सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले प्रचण्डको प्रस्तावलाई ठाडै अ’स्वीकार गरेका छन् भने प्रचण्ड पक्षधरले समर्थनमा फेसबुक पेज रं'गाउन थालेका छन् ।
नेकपाभित्र राजनीतिक सं’कट ग’हिरिदै गएको छ । शीर्ष नेताको सानो अभिब्यक्तिले पनि नेकपाभित्र जु’हारी चलाउन थालेको छ । पक्ष र वि’पक्षमा सामाजिक सञ्जाल रं’गिने गरेका छन् । पछिल्लो नेकपा सचिवालय बैठकमा अध्यक्ष दाहालले को’रोनाबि'रुद्ध सर्वदलिय उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन प्रस्ताव गर्नु भएको थियो । दाहालले सचिवालयमा गरेको प्रस्ताव सार्वजनिक अन्तर्वार्तामा पनि प्रस्ट्याउनु भएको थियो । सार्वजनिक टेलिभिजनमा दाहालको प्रस्ताव सुनेपछि नेकपा नेता कार्यकर्ता फेरी वि’भाजित बनेका छन् ।
अध्यक्ष दाहालले राखेको उच्चस्तरीय समितिको प्रस्ताव देख्दा सामान्य छ तर राजनीतिक उ'देश्य भने निकै ग'म्भीर छ । श’क्तिशाली सरकार अ’सफल भएको स्पष्ट सन्देश जनतामा जाने निश्चित छ । यही संदेश दिन प्रमुख प्र’तिपक्ष दल नेपाली काँग्रेसले पनि सर्वदलिय सयन्त्रको माग गरिरहेको छ । काँग्रेसको मागजस्तै गरी अध्यक्ष दाहालले पनि उच्चस्तरीय सयन्त्रको माग गरेका छन् ।
विश्वभर त’वाही म’च्चाएको को’रोनाबि'रुद्ध ल’ड्न श’क्तिशाली देशका श’क्तिशाली सरकारलाई ह’म्मेह’म्मे परिरहेको छ । तरपनि उनीहरुले सरकारभन्दा माथी रहनेगरी कुनैपनि समिति निर्माण गरेका छैनन् । शान्ति स्थापना लगतै गिरिजाप्रसाद कोइरालाले राजनीतिक स'मस्या हल गर्न र आफु श’क्तिशाली भइरहन उच्चस्तरिय सयन्त्र बनाउनु भएको थियो । जो पछि गाउँगाउँमा पुग्यो र मिलिजुली भ्र’ष्टाचार गर्ने अ’खडा बनेको थियो ।
को’रोनाबिरुद्ध ल’ड्न प्रचण्डले ल्याएको प्रस्तावमा बुद्धिजिविहरु पनि वि’भाजित भएका छन् । पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले यस्तो सयन्त्र बनाइए सरकारमात्र नभई लोकतन्त्र नै अ’सफल हुने चे’तावनी दिनु भएको छ । “वर्तमान संविधानले नचिन्ने ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ को–भिड–१९ वि’रुद्ध ल’ड्न आवश्यक संयन्त्र हुँदै होइन । फेरि २०५६ साल यता गाउँ–गाउँमा लोकतन्त्र क’मजोर बनाउन प्रयोग भएको ‘सर्वदलीय संयन्त्र’ को’भिड–१९ संग ल’ड्ने औजार कसरी हुनसक्छ ? जवकी अहिले हामीसंग संसद र स्थानीय सरकार दुवै छन् ” गाउँलेले भन्नु भयो ।
गाउँलेजस्तै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाको पनि बुझाई छ । “आफु श’क्तिशाली हुन र तीन तहका सरकारलाई क’मजोर बनाउन ल्याइएको प्रस्ताव हो,” थापाले भन्नु भयो “सरकारभन्दा श’क्तिशाली ब्यक्ति हुन सक्दैन । यो बे’मौसमको बाजा हो ।”
तर नेकपाभित्रका केही नेताहरुले को’रोना रोकथाम तथा नि’यन्त्रणका लागि बनेको वर्तमान उच्चस्तरीय समितिले पार नलगाउने ठोकुवा गर्न थालेका छन् । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय समिति भ्र’ष्टाचारमा मुछिएको छ । भ्र’ष्टाचारमा मुछिएको सयन्त्रसँग को’रोनालाई प’रास्त गर्ने क्षमता नभएको दावी गर्न थालिएको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालसमेत रहेको उच्चस्तरीय सयन्त्र को’रोनाबिरुद्धको तयारीमा फि’तलो नै देखिएको छ । पर्याप्त स्वास्थ्य सामग्रीहरु ल्याएको छैन भने अग्रलाइनमा खट्टिने सु'रक्षाकर्मी र स्वास्थ्यकर्मीको म’नोबल पनि बढाउन सकेको छैन । पोखरेल र ढकाल दुवैमाथी भ्र’ष्टाचारको आ’रोप लागेको छ । उनीहरुमाथी छा’नविन गर्न सत्तारुढ दल नेकपाभित्र निरन्तर द’वाव पनि बढिरहेको छ ।
प्रचण्डको प्रस्तावलाई राजनीतिकरुपमा नहेर्ने हो भने ग’म्भीर परिस्थतिमा देश एक ढिक्का हुन निकै आवश्यक छ । को’रोनाको प्रकोप फैलिए सत्तारुढ दललाई मात्र प्रभावित गर्नेछैन, देश नै ठुलो सं’कटमा जाने निश्चित छ ।
काँग्रेस, समाजबादी, राजपाजस्ता पार्टीहरुलाई पनि को’रोनाबि’रुद्धको ल’डाईमा जिम्मेवारपूर्ण सहभागी गराउन प्रचण्डले प्रस्ताव ल्याएको नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताउनु भयो । “यसलाई राजनीतिक उ’चनि’चका रुपमा हेर्नु हुँदैन, सं’कटबाट पार लगाउने उपायकारुपमा हेर्नु पर्दछ”,पौडेलले भन्नु भयो ।
उता प्रचण्ड निकटका केही नेता कार्यकर्ताले भने आ’क्रोस पोखेका छन् । प्रचण्डको प्रस्तावमाथी ओली पक्षले क’डा टि'प्पनी गरेपछि केही आ’क्रोसित भएका छन् । युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले आफ्नो सामाजिक सञ्जालबाट आ’क्रोस पोख्नु भएको छ ।
“‘नेकपाका अध्यक्ष प्रचण्डले को’रोनावि’रूद्दको ल’डाईमा सरकारलाई अझै सशक्त बनाउन र राष्ट्रिय एकताकासाथ ल’ड्न स्वंयम प्रधानमन्त्रि केपी ओलीकै नेतृत्वमा सर्वदलिय संयन्त्रको कुरा स्पष्ट गर्नुभएको छ । यस्तो सोझो र सपोर्ट कुरालाई बं’ग्याएर नानाभाति कु’तर्क किन गरेको ? यतिधेरै कु’तर्क गर्ने समय जनताको काममा लगाउ यार ! यो त अति हुन थाल्यो ” दिपशिखाले लेख्नु भएको छ “अ’धिकारविहिन प्रचण्ड जो कि’नारामा बसेर सरकारको समर्थन गरिरहेका छन् तिनलाई किन गा’ली ग’लौज ? सरकारले गरेका निर्णयमा कहा प्रचण्डको हात छ, ति निर्णय गर्ने प्रचण्ड हुन् ? काम र निर्णयमा ढं’ग पुर्याउनु भयो ! नाच्न जान्दैन अुगन टे’डो नगरौ ! बनाउन मन लागे बनाउ, नबनाउन मन भए नबनाउ । दुईतिहाई मत र अधिकारको प्रयोग गरे भयो । निर्णय आफ्नै हातमा छ । किन अर्कोलाई गा’ली गर्दै हिडेको ?”