सिन्धुली, २७ चैत– सिन्धुलीको भवगती बोर्डिङ स्कुलले काठमाडौं देखि पैदल हिड्दै आएका विभिन्न जिल्लाका यात्रुहरुलाई बसले निःशुल्क ओसार्दै उ’द्धार गरेको छ । को’रोना भा’इरस (को’भिड–१९) रोकथाम तथा नि’यन्त्रणका लागि लकडाउन भएपछि काठमाडौंबाट बिपी राजमार्ग हुदै आ–आफ्नो घर तर्फ हिडेका बाटोमा अ’लपत्र यात्रुको उ’द्धार निःशुल्क बसले ओसार्दै उद्धार गरेको हो ।
केही दिन देखि काठमाडौंबाट हिड्दै आएका अ’लपत्र यात्रुहरुलाई सिन्धुलीको सुनकोशी गाउँपालिकाको नेपालथोकबाट सिन्धुलीको सिमाना चुरे सम्म निःशुल्क रुपमा आफ्नो विद्यालयको बसले उ’द्धार गरेको भगवती बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्ण उप्रेतीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको समन्वयमा विद्यालयका विद्यार्थीहरु बोक्न प्रयोग हुदै आएको दुई वटा बसले करिव १ सय ५० जना भन्दाबढी बाटोमा अ’लपत्र परेका यात्रुहरुलाई उद्धार गरिएको प्रिन्सिपल उप्रेतीले बताउनुभयो ।
“को’रोना भा’ईरसका कारण देश लकडाउनमा छ । लकडाउनका बेलामा पनि आफ्नो गन्तव्यमा पुग्नका लागि भो’क भो’कै यात्रुहरु सडकमा हिडीरहेका छन् । यस्तो बेलामा मा’नवीय रुपमा पनि सहयोग गर्नुपर्ने हुन्छ । म सँग जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपीले अ’लपत्र परेका यात्रु उद्धारका लागि सहयोग माग्नुभयो । तेल, ड्राईभर लगाएतको सबै व्यवस्था गरेर अलपत्र यात्रुहरुको उ द्धार गरेका हौं ” उहाँले भन्नुभयो ।
पहिलो चरणमा सिन्धुलीको चियाबारी देखि चुरे सम्म र दोश्रो चरणमा सुनकोशीको नेपालथोक देखि चुरे सम्म उद्धार गरिएको उहाँले बताउनुभयो ।
सं’कटको बेलामा सामाजिक दायित्व बहन गर्दै बाटोमा अ’लपत्र परेका यात्रुहरुलाई मानवीय सहयोग गरेको प्रिन्सिपल उप्रेतीको भनाई छ । आवश्यकता परेको खण्डमा अझै पनि अलपत्र परेका यात्रुहरुलाई निःशुल्क बस सेवा मार्फत उ’द्धार गर्ने उहाँले प्रतिबद्धता समेत जनाउनुभएको छ ।
लकडाउन यता १ सय ६० किलो मिटर लामो बीपी राजमार्ग हुदै आफ्नो गत्वब्यमा पुग्ने पैदल यात्रीको संख्या बढ्दै गएको छ । यस अघि पनि भगवती बोर्डिङ स्कुलले मानवीय तथा सामाजिक सेवामुलक गतिविधिहरु गर्दै आएको छ ।
विपी राजमार्ग हुदै आफ्नो गत्वब्यमा पुग्न पैदल हिड्दै आएका यात्रुहरुको सुनकोशी गाउपालिका, गोलन्जोर गाउपालिका र कमलामाई नगरपालिकाले निःशुल्क गाडीको व्यवस्था गरेर उद्धार गरिरहेको छ ।