सिन्धुली २७ चैत –नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सिन्धुलीका अध्यक्ष लेखनाथ दाहाल(राजन)ले सिन्धुलीका दुई स्थानिय तहका जनप्रतिनिधिहरुलाई चेतावनी दिदै नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले सार्वजनिक गरेको विज्ञप्तीमा राजनितिक अपरिपक्कता देखिएको बताउनुभएको छ ।
सिन्धुली सौगातसँगको कुराकानीमा अध्यक्ष दाहालले भन्नुभयो,“मैले त्यो विज्ञप्ती पढे । त्यो विज्ञप्तीमा राजनितिक परिपक्कता कम देखिन्छ ।” उहाँले बिषय बस्तु उठ्ने बित्तिकै विज्ञप्ती जारी गर्नुभन्दा पनि उठेको बिषयबस्तुको गहिराईमा पुगी अध्ययन गरेर सत्य, तथ्य खोज्नुपर्ने बताउनुभयो ।
“बिषयबस्तु उठ्ने बित्तिकै प्रतिक्रिया दिने होईन । त्यसको गहिराईमा गएर अध्ययन गर्ने अनि सत्यको जगमा उभिएर मात्रै प्रतिक्रिया दिनुपर्छ । उक्त पार्टीले साना तिना बिषयबस्तुलाई लिएर विज्ञप्ती जारी गरेको छ । यसमा मेरो असहमती छ ”, उहाँले भन्नुभयो ।
उहाँले एउटा पार्टीले विज्ञप्ती निकाल्दा बिषयबस्तुको गहिराईमा पुगेर निष्कर्ष निकालेर मात्रै विज्ञप्ती सार्वजनिक गर्नुपर्ने बताउनुभयो । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सिन्धुलीको दुधौली नगरपालिकाको मास्क वितरण र कमलामाई नगरपालिकाको राहत वितरण र नगरक्षेत्रमा छर्किएको डिसइन्फेक्सन स्प्रेको बिषयलाई लिएर चेतावनी पुर्ण तरिकाले प्रेश विज्ञप्ती सार्वजनिक गरेको थियो ।
सुन्नुहोस् : नेकपा सिन्धुलीका अध्यक्ष दाहालसँग गरिएको कुराकानी अडियो क्लिप