शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको कमलामाईले राहत वितरण गर्न मापदण्ड बनायो

बिहिवार , चैत्र २७, २०७६

सिन्धुली,२७ चैत– कमलामाई नगरपालिकाले लकडाउनका कारण प्रभावितहरुलाई रा’हत वितरण गर्न मापदण्ड बनाएको छ । कमलामाई नगरपालिकाको स्थानीय वि’पद ब्यवस्थापन निर्देशक तथा समन्वय समितीको बुधवार बसेको वैठकले राहत वितरण गर्नका लागि मापदण्ड निर्धारण गरेको हो ।

नगरपालिकाले बनाएको मापदण्ड अनुसार पेन्सन प्राप्त नगर्ने घर परिवार, सामाजिक सुरक्षा प्राप्त नगर्ने घरपरिवार (दलित वालवालिका वाहेक), खेतियोग्य जमिन नभएका र नकमाएका घरपरिवार र वैदेशिक रोजगारीमा संलग्न नभएको घर परिवारलाई राहत वितरण गर्ने सूचना अधिकारी सागरकुमार ढकालले जानकारी दिनुभयो ।

ढकालका अनुसार उक्त मापदण्ड अनुसारको विवरणमा घरमुलीको नाम र उसको परिवार सदस्य संख्या अनिवार्य उल्लेख हुनु पर्ने र नामावली विवरणमा वडा सचिवको दस्तखत र वडाको छाप अनिवार्य हुनुपर्नेछ ।

नगरपालिकाले अहिलेको सम्भावित मा’हामारीको विरुद्धमा दु्रत ब्यवस्थापनका कामहरु गर्दै आईरहेको समेत उहाँले जानकारी दिनुभयो ।

हतार र छिटो व्यवस्थापन गर्नु पर्दा राहत वितरण जस्तो कार्य केही समस्यामा रहेका व्यक्तिसम्म नपुगेको गुनासो आएको र त्यस्तो गुनासोको शिघ्र व्यवस्थापन गरिने उहाँको भनाई छ । नगरपालिकाको राहत वितरणलाई प्रभावकारी वनाउन सवै नगरवासीहरुले सहयोग गर्नु पर्ने भन्दै गलत विवरण भरेर राहत लिएको पाईएमा यथाशिघ्र नगरपालिकामा खवर गर्न नगरपालिका आग्रह गरेको छ ।

को’भिड–१९ को संक्रमण अन्तरगत स्थापित आइसोलेसन सेन्टरमा अग्रपंक्तीमा काम गर्ने डाक्टर तथा स्वास्थ्यकर्मिहरुलाई प्रोत्साहन स्वरुप तीन लाख उपलब्ध गराउने र उपलब्ध प्रोत्साहन रकमलाई अस्पताल प्रशासनको सिफारिस र अस्पताल व्यवस्थापन समितीको निर्णयको आधारमा सम्वन्धित डाक्टरर स्वास्थ्यकर्मीको वैक खातामा उपलब्ध गराउने निर्णय समेत भएको छ ।

स्थानीय संघ संस्थाहरुवाट नगरपालिकाको विपद व्यवस्थापन कोषमा ४ लाख १७ हजार ४ सय २२ रुपैया जम्मा भएको ढकालले जानकारी दिनु भयो ।

नगरपालिकाले हाल सम्म ६७ अति विपन्न घरपरिवारलाई राहत प्याकेज अनुसार राहत उपलब्ध गराएको जनाएको छ ।

प्रतिक्रिया