सिन्धुली,२६ कार्तिक – सिन्धुली जिल्लाका क्रियासिल सञ्चारकर्मीहरुलाई राहत स्वरुप दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीका अध्यक्ष होम कुमार कार्की(राजन)ले व्यतिगत रुपमा जिल्लाका क्रियाशिल १९ जना सञ्चारकर्मीहरुलाई राहत वितरण गर्नुभएको हो ।
नेपाली काँग्रेस सिन्धुलीका सभापति उज्जवल बराल लगाएतले उक्त राहत सम्बन्धित सञ्चारकर्मी तथा रेडियोहरुलाई हस्तान्तरण गर्नुभएको हो ।
विश्वभर म’हामा’रीको रुपमा फैलिरहेको को’रोना भा’ईरस(को’भिड–१९) को सं’क्रमण फैलिन नदिन जारी भएको लकडाउनका कारण सञ्चारकर्मीहरुलाई खाद्यान्न अभाव हुन नदिन राहत वितरण गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।
सदरमुकाम सिन्धुलीमाढीमा कोठाभाडामा बसेर पत्रकारीता गर्ने तथा विभिन्न सञ्चार माध्यममा काम गर्ने सञ्चारकर्मीहरुलाई राहत वितरण गरिएको हो । जिल्लाको रेडियो बिजयकिल्ला, रेडियो सिन्धुलीगढी, रेडियो शिद्धबाबा, बिट्स एफएम लगाएत जिल्लामा बसेर राजधानीका विभिन्न मिडियाहरुमा काम गर्ने सञ्चारकर्मीहरुलाई राहत वितरण गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । चामल, दाल, नुन, तेल, साबुन लगाएत दैनिक उपभोग्य सामाग्रीहरु राहत स्वरुप वितरण गरिएको उहाँले बताउनुभयो ।