सिन्धुली- नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सिन्धुलीको स्थानिय तहमा देखिएको अनि यमि तताका बारेमा प्रेश विज्ञप्ती निकालेर चे ता वनि दिएको छ । संक टको घडिमा पनि जनप्रतिनिधिले अनि यमि तता गरेको भन्दै यस्ता ह र्कतहरु तुरुन्त बन्द नगरे वा फेरि पनि दोहोरिएमा कडा का रवा ही गर्ने चे ता वनी सहित बुधबार विज्ञप्ति निकालेको छ ।
जिल्ला सेक्रेटरी प्रसिद्धद्वारा हस्ताक्षरित विज्ञप्तिमा कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा देखिएको वि वादले द लाल चरित्र उदांगो भएको उल्लेख गरिएको छ । ‘कमलामाई नगरपालिकाका नगरप्रमुख खड्ग बहादुर खत्रीले मनपरी ढंगले राहत वितरण गरेको, डिसइन्फेक्सन स्प्रे भनेर पानी मात्रै छर्किएको घट्नाहरु बाहिर आएको छ । त्यस्तै दुधौली नगरपालिकामा जनताको नाममा खरीद गरेको माक्स लुकाएको, हि ना मिना गरेका र आफ्ना कार्यकर्ताहरु मार्फत मनपरी वितरण गरेको जस्ता घट्नाहरु बाहिर आउनु र अर्कोतिर उक्त विषयलाई लिएर दुधौली नगरपालिका वडा नं १ का वडा अध्यक्ष गोविन्द पहाडी (नेपाली कांग्रेस पक्ष) र दुधौली नगरपालिकाका नगरप्रमुख घनश्याम राउत (ओली–प्रचण्ड नेतृत्वको डबल नेकपा पक्ष) हरुबिच आ रोप प्रत्या रोप चलिरहनुले यिनिहरुको द लाल चरीत्र उदांगो भएको छ’ विज्ञप्तीमा उल्लेख छ । साथै, जनताले रगत पसिना बगाएर तिरेको करबाट तलब भत्ता पचाएका स्थानिय जनप्रतिनिधि भनिनेहरुबाट भएका यस्ता तु च्छ तथा घृ णित हर्कतहरुप्रति पार्टिको गम्भिर ध्यानाकर्षण भएको भन्दै यस्ता हर्कतहरु तुरुन्त बन्द नगरेमा फेरि पनि दोहोरीएमा कडा का रवा ही गर्ने चेता वनी नेकपाले विज्ञप्तीमार्फत दिएको छ ।
विज्ञप्तीमा कोरोना भाईरसका कारण लकडाउनको प्रत्यक्ष मारमा परेका जिल्लाभरी रहेका दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने मजदुर लगायत समपूर्ण विपन्न वर्गहरुलाई तुरुन्त राहत वितरण गर्न र जिल्लाका नागरीकहरुलाई सुरक्षित राख्न प्रभावकारी पहल कदमी लिनु सरकारको प्रमुख दयित्व रहेको उल्लेख गरिएको छ ।
