सिन्धुली,२५ चैत – सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. १३ रानीबासका बासिन्दाले गाँउमा नयाँ मान्छे छिर्न नदिन गाँउ प्रवेश गर्ने नाकामा ढाट राखेर बार लगाएका छन् ।
को’रोना भा’ईरसको सं’क्रमणबाट जोगिन दुईदिन अघिदेखि गाँउ प्रवेश गर्ने तीन वटा नाकामा ढाट राखेर बार लगाएको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय कमला एकता क्लबको अगुवाईमा मदन भण्डारी लोकमार्ग अन्तर्गत स्कूल चौक, कमला एकता क्लबको भवन नजिक र रुचानी–रानीबास जोडने बाटोको कमला नदी नजिक ढाट राखेर बार लगाईएको हो ।
क्लबका पूर्व अध्यक्ष पूजन बर्खेलले को’रोना भा’ईरसको सं’क्रमण फैलिन नदिन र लकडाउनलाई प्रभावकारी बनाउन यस्तो व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो बेला बाहिरबाट आउने नयाँ मान्छे र वल्लो तथा पल्लो गाँउ आउने जानेमा पनि कडाई गरेका छौं । लकडाउनको पालन सदरमुकाम सिन्धुलीमाढीमा जस्तै गरेका छौं ।”
गाँउमा को’रोना भा’ईरसको संक्रमण बिरुद्ध साबुन पानीले मिचिमिची हात धुने लगायत प्रचार प्रसारको काम पनि भई रहेको उहाँले सुनाउनुभयो ।