शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा थप एकजना आ’ईसोलेशन मा भर्ना

शनिवार , चैत्र २२, २०७६

सिन्धुली, २२ चैत – को’रोना भा’ईरस(कोभिड– १९) को आशंकामा सिन्धुलीको कमलामाई नगरपालिका –५ का एक जनालाई सिन्धुली अस्पतालको आ’ईसोलेशन कक्षमा भर्ना गरिएको छ ।

केही समय अघि मात्रै भारतको उत्तराखण्डबाट घर फर्केका कमलामाई नगरपालिका –५ का २६ बर्षिया पुरुषमा उच्च ज्व’रो र स्वास फेर्न गा’ह्रो भएपछि अस्पताल जानुभएको थियो । उहाँलाई को’रोना भा’ईरस आशंकामा स्वाव परिक्षणका लागि टेकु अस्पताल पठाईएको सिन्धुली अस्पतालका सुचना अधिकारी डाक्टर प्रसन्नराज भण्डारीले जानकारी दिनुभयो ।

योसँगै सिन्धुली अस्पतालमा ६ जनालाई आ’ईसोलेसनमा राखेर उपचार गरिएको छ । यस अघि परिक्षण गरिएको ५ जनामा को’रोना भाईरस ने’गेटिभ देखिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया