शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुली उद्योग बणिज्य संघ द्वारा पैदल यात्रीलाई निःशुल्क चाउचाउ र पानीको व्यवस्था

बिहिवार , चैत्र २०, २०७६

सिन्धुली,२० चैत – सिन्धुली उद्योग बाणिज्य संघले लकडाउनको समयमा सडकमा हिडेका पैदल यात्रीलाई निःशुल्क चाउचाउ र पानीको व्यवस्था गरेको छ ।

तीन दिन लगाएर काठमाडौँबाट हिडेर आएका पैदल यात्रीहरुले बिखर्चि भई खान नपाएपछि निःशुल्क चाउचाउ र पानीको व्यवस्था गरेको संघले जनाएको छ ।

संघका बरिष्ठ उपाध्यक्ष अर्जुन श्रेष्ठका अनुसार बिहिबार त्यसका लागि संघले ६० कार्टुन चाउचाउ र ६० कार्टुन खानेपानी जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको छ । उक्त चाउचाउ र पानी ट्राफिक पोष्टमा राखिने र काठमाडौँदेखि हिडेर आएका पैदल यात्रीलाई ट्राफिक प्रहरीले बितरण गर्ने व्यवस्था मिलाईएको उहाँले जानकारी दिनुभयो

उहाँले भन्नुभयो, “लकडाउनका कारण काठमाडाँैदेखि बिखर्ची भई हिडेर भोकै आएकाले मानबिय सहयोग गरेका हौं ।”

प्रतिक्रिया