शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

अलपत्र परेका व्यक्तिहरुलाई घर पुर्‍याउन सवारी साधन गुडेका हुन् : एसपी सिग्देल

शनिवार , चैत्र १५, २०७६

सिन्धुली, १५ चैत – सिन्धुलीका लामोदुरीका विपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा लकडाउनमा पनि सवारी साधन फाटफुट् गुडिरहेका छन् । विभिन्न जिल्लामा अलपत्र परेका व्यक्ति तथा श्रमिकहरुलाई आ–आफ्नो जिल्ला पठाउने काम भएकाले सिन्धुलीको विपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा सवारी साधन संचालन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

काम गरिरहेको ठाउँबाट लकडाउनको कारण श्रमिकहरु घर जान नपाई अलपत्र परेपछि जिल्ला प्रशासन कार्यालयहरुको समन्वयमा सम्बन्धित जिल्लामा पठाउनेक्रम भईरहकाले सवारी साधनहरु संचालन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक रन्जु सिग्देलले जानकारी दिनुभयो ।

अहिले सम्म साना ठुला गरी ५ सय सवारी साधन सिन्धुली हुदै गएका छन् । उहाँले भन्नुभयो,“ बर्दिवास सम्मका मानिस यही बाटो हुदै गएका छन् । रामेछाप, ओखलढुंगा, सर्लाही, महोत्तरी लगाएतका नागरिक विभिन्न ठाउँमा अलपत्र परेपछि प्रशासनले नै उनीहरुलाई सम्बन्धित जिल्ला पठाईरहेको छ ।”

कोरोनाको माहामारी नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउनका बेलामा पनि विपी राजमार्ग लगाएतका सडकमा सवारी साधनहरु गुड्नेक्रम नरोकिएको भन्दै सामाजिक सञ्जालमा समेत विरोध भएको थियो ।

अलपत्र परेका मानिसलाई सम्बन्धित ठाउँमा पुर्‍याउनका लागि मात्रै सवारी साधनहरु संचालन भईरहेको प्रहरी उपरिक्षक सिग्देलको भनाई छ । सिन्धुलीकै नागरिक पनि काठमाडौँ लगाएत विभिन्न ठाउँबाट जिल्ला आउनेक्रम रहेकाले उनीहरुलाई लिएर बस तथा अन्य सवारी साधन गुडीरहेको उहाँले बताउनुभयो ।

काठमाडौ लगाएत विभिन्न ठाउँमा श्रमगरेर बसेका जिल्लाका नागरिकहरु लकडाउनका कारण कामकाज ठप्प भएपछि अहिले पनि आफ्नो घर फर्केनेक्रम रोकिएको छैन् । यसरी बाहिरबाट मानिस गाउँ फर्कन थालेपछि गाउँमा कोरोना भाईरस पनि फैलिन्छकी भन्दै स्थानिय त्रासित भएको देखिन्छ ।

प्रतिक्रिया