शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीका तिन जनामा कोरोना नेगेटिभ

शुक्रवार , चैत्र १४, २०७६

सिन्धुली,१४ चैत – सिन्धुली अस्पतालमा आईसोलेसनमा राखेर उपचार गरिको चार जना मध्ये तिन जनालाई कोरोना  भाईरस् (कोभिड–१९) नभएको पुष्टी भएको छ । आईसोलेसनमा उपचार भईरहेका अर्का एक जनाको रिर्पोट आउन बाँकी रहेको सिन्धुली अस्पतालका डाक्टर प्रसन्नराज भण्डारीले जानकारी दिनुभयो ।

कमलामाई नगरपालिका १२ का ५५ बर्षिया पुरुष, कमलामाई नगरपालिका २ का १९ बर्षिया युवक र कमलामाई नगरपालिकाकै ८१ वर्षीर्य बृद्धमा कोभिड–१९ नरहेको पुष्टि भएको डाक्टर भण्डारीले बताउनुभयो । उहाँका अनुसार दुई जना डिस्चार्ज भईसकेका छन् ।

विहीवार आईसोलनमा भर्ना गरिएको दुधौली नगरपालिकाका १३ का २९ बर्षिया युवकको भने रिर्पोट आउन बाँकी छ । ११ दिन अघि मलेशिया आउनु भएको उहाँको स्वाव परिक्षणका लागि आजकाठमाडौं पठाइएकाले भोली सम्ममा रिर्पोट आउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया