शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुली शान्त र ठप्प

बुधवार , चैत्र १२, २०७६

सुनसान सिन्धुलीमाढी बजार :  सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा सबै भन्दा मानिसको भिड हुने कमलामाई नगरपालिका कार्यालय अगाडीको चोक लकडाउनका कारण बुधबार सुनसान रहयो ।

 

सिन्धुली, १२ चैत– कोरोना भाईरसको सङक्रमण रोकथाम तथा न्यूनिकरणका लागि लकडाउन घोषणा गरेको दोस्रो दिन बुधबार सिन्धुली जिल्लामा जनजीवन शान्त तथा ठप्प रहेको छ ।

सिन्धुली जिल्लामा लकडाउन पहिलो दिनको तुलनामा दोस्रो दिन सर्बसाधारणले खुलेर समर्थन तथा स्वागत गरेको पाईएको छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढी तथा सदरमुकाम बाहिरका खुर्कोट, भिमान्, दुधौली, चकमके, कपिलाकोट लगायतका बजार क्षेत्रहरु पूर्ण रुपमा ठप्प रहेका प्रहरीले जनाएको छ ।

लकडाउन उलंघन गर्ने केही सबारी साधनलाई प्रहीले नियन्त्रणमा लिएर सम्झाई छाडेको प्रहरी उपरिक्षक रञ्जु सिग्देलले बताउनुभयो ।

बीपी राजमार्ग, मध्य पहाडी लोकमार्ग र मदन भण्डारी लोकमार्गमा फाट्फुट्ट नीजि सवारी साधनहरु मोटरसाईकल, जिप जस्ता हल्का सवारीका साधन चले पनि अघिपछिका दिनको तुलनमा सुनसान जस्तै रहेको स्थानीय बासिन्दाको भनाई छ ।

बुधबार विहान भने दैनिक अत्यावश्यकका बस्तुहरु खाद्यन्न, तरकारी, दुध, ग्यास बिक्री गर्ने पसल खुलेपनि दिउसो भने पूर्ण रुपमा बन्द अवस्थामा रहेको सदरमुकामका बासिन्दा सन्तोष दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिला दिनको तुलनामा दोस्रो दिन धेरै शान्त र ठप्प जस्तै देखियो । कोरोनाको सङक्रमण रोक्न अझै ठप्प पार्नु पर्ने देखिएको छ ।”

 

प्रतिक्रिया