शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

को रोना भा इरस् भित्रिन नदिन साबुन पानी सहितको धारा

सोमवार , चैत्र १०, २०७६

सिन्धुली,१० चैत – विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाईरस्(कोभिड–१९) को संक्रमण भित्रिन नदिन गोलन्जोर गाउपालिका –१ का युवाहरु सचेतनामुलक अभियानमा सक्रिय भएका छन् ।

युवाहरुले कोरोना भाईरस्(कोभिड–१९) को संक्रमण भित्रिन नदिन गोलन्जोर गाउँपालिका –१ च्याकुटार बेशीको विभिन्न स्थानमा साबुन पानी सहित बाल्टिनको धारा बनाएर राखेका छन् ।

प्रगतिशिल युवा सेवा समिती गोलन्जोर –१ च्याकुटारबेशीले कोरोना भाईरस्को संक्रमण बाट बच्नका लागि मानिसको बढी भिडभाड हुने वडाका ६ स्थानमा धारा बनाएर राखेको समितिका अध्यक्ष विष्णुहरि न्यौपानेले जानकारी दिनुभयो ।

युवा समितिले ‘कोभिड –१९ विरुद्ध हाम्रो अभियान, साबुन पानीले हात धुन सबैलाइ आह्वान’ भन्ने मुल नाराका साथ धारा बनाउने देखि कोरोना भाईरस् सम्बन्धित सचेतनामुलक अभियानहरु संचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया