शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुली अस्पतालमा फिवर क्लिनीक सञ्चालन

आइतवार , चैत्र ९, २०७६

सिन्धुली, ९ चैत– सिन्धुली अस्पतालले आईतबारदेखि फिवर क्लिनीक सञ्चालनमा ल्याएको छ ।कोरोना भाईरसको त्रास बढी रहेको बेला उपचारका लागि आएका रुखा, खोकी, ज्वरो, श्वासप्रश्वास लगायतका सामान्य किसिमका बिरामीलाई अस्पतालको प्राङगणमा नै उपचार गरी पठाउने उद्देश्यले उक्त क्लिनीक सञ्चाल गरिएको अस्पतालले जनाएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोख्रेलका अनुसार भवनको अभावमा अस्पतालको प्राङगणमा टेन्ट टाँगेर दुई जना चिकित्सकको व्यवस्था गरी उक्त क्लिनीक सञ्चालन गरिएको छ । अस्पतालमा भर्ना भएका बिरामीसँग अरुको सम्पर्क नहोस भन्ने उद्देश्यले उक्त क्लिनीक सुरु गरिएको हो ।

तीन हप्तासम्म फिवर क्लिनीक सञ्चालन गरिने उहाँले बताउनुभयो । यसैबीच कोरोना भाईरसको जोखिमबाट बँच्न अस्पताल परिसरमा आईतबार नै बिषादी छिटिएको छ । सहकार्य नेपाल संस्थाको सहयोगमा उक्त बिषादी छिटिएको हो ।

प्रतिक्रिया