शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

मिनीट्रकले ठ’क्कर दिँदा बाबुछोराको मृ’त्यु

आइतवार , चैत्र ९, २०७६

बनेपा, ९ चैत – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठ’क्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५ख २३९० नंको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा५७प ७२८ नंको मोटरसाइकल एकापसमा आज बिहान ठ’क्कर खाँदा मोटरसाइकलमा सवार तीन घा’इते हुँदा उ’पचारको क्रममा दुई जनाको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृ’त्यु हुनेमा उदयपुर जिल्ला रौतमाई गाउँपालिका–४ बस्ने वर्ष ३५ का मोटरसाइकल चालक मीनबहादुर श्रेष्ठ र उहाँको पाँच वर्षीय छोरा सुबिन श्रेष्ठ रहेका छन् ।

एकै परिवारका पति,पत्नी र छोरा सवार रहेका मध्ये घाइते सुनिता श्रेष्ठको सोही अस्तालमा उ’पचार भइरहेको र मृ’तक दुवैको श’व सोही अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठ’क्कर दिने मिनीट्रकका चालक रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–७ का ३३ वर्षीय लक्ष्मीनारायण श्रेष्ठलाई प्रहरीले नि’यन्त्रणमा लिएर आवश्यक का’रवाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया