सिन्धुली,९ चैत– विश्वभर फैलिएको को रोना भा इरस (को भिड –१९) को सं क्रमण भित्रिन नदिन सिन्धुलीको कमलामाई नगरपालिकाले चैत मसान्तसम्मका लागि अन्य जिल्लाबाट माछा, मासु, अण्डा आयातमा प्र तिबन्ध लगाएको छ ।
कमलामाई नगरपालिकाका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जु देवकोटाको अध्यक्षतामा शनिबार विहान बसेको बैठकले मासुबाट पनि को रोना भा इरसको सं क्रमण हुन सक्ने भन्दै तत्काललाई मासु आयातमा रोक लगाएको हो ।
जिल्ला भित्रिने सबै नाकामा प्रहरीसँग समन्वय गरेको र नियमको उल्लंघन गरी कमलामाई नगरपालिकाभित्र मासु ल्याई बिक्री गरेको पाइएमा का रवाही गरिने उपप्रमुख मञ्जु देवकोटाका जानकारी दिनुभयो । उहाँले जिल्लामा उत्पादन भएका मासुजन्य वस्तुहरूको कारोवार गर्न आग्रह गर्दै बाहिरबाट आयात गरी ल्याएका मासु उपभोग नगर्न नगरवासीमा आग्रह गर्नुभयो ।

अन्य जिल्लाबाट कमलामाईमा पर्ने बिपी राजमार्ग हुँदै काठमाडौँ तथा छिमेकी पालिकामा लैजान सक्ने तर कमलामाई नगरपालिकामा बिक्री वितरणमा रोक लगाइएको उहाँको भनाइ छ । साथै मासुलाई राम्रोसँग पकाएर खान उहाँको आग्रह रहेको छ ।
बैठकले नगरपालिकाभित्र चल्दै आएका साप्ताहिक हाटबजारमा समेत प्रतिबन्द लगाएको छ । यद्यपि, उपभोक्ताको दैनिक उपभोग्य वस्तु विक्री हुने तरकारी बजार खुला राखिएको छ । बैठकले २५ जनाभन्दा बढी जमघट हुनेखालका मेला, बजार, पर्व, धार्मिक एवं संस्कारगत अनुष्ठानमा समेत बैठकले प्रतिबन्द लगाएको छ । यसैगरी, नगरपालिकाभित्र आउने विदेशी पाहुनाको स्वास्थ्य जाँच गरेर मात्र बस्न दिने व्यवस्था गरिएको छ ।
नगरपालिकाले उपभोक्ताका लागि दैनिक उपभोग्य वस्तुको सहज वितरणका लागि बजार अनुगमन र नियन्त्रण गर्ने निर्णय भएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख तथा सुचना अधिकारी सागरकुमार ढकालले जानकारी दिनुभयो । बजार अनुगमनका क्रममा कृतिम मूल्यबृद्धि र सामान लुकाउने गरिएको पाइएमा कडा कारवाही गरिने समेत बैठकले निर्णय गरेको । निर्णय कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालयको सहयोग लिइने समेत बैठकले निर्णय गरेको जनाइएको छ ।