शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

आ’इसोलेसनका बि’रामीमा को’रोना देखिएन

शनिवार , चैत्र ८, २०७६

सिन्धुली८ चैत — उच्च ज्व’रो आएर आ’इसोलेसनमा राखिएका कमलामाई नगरपालिकाका ८१ वर्षीर्य बि’रामीमा को’भिड–१९ नरहेको पुष्टि भएको छ । जिल्ला अस्पतालका प्रवक्ता डा. प्रसन्न राजभण्डारीका अनुसार काठमाडौंको टेकुमा नमुना परीक्षण गराउँदा भा’इरल इ’न्फ्लुएन्जा मात्र रहेको पाइएको छ ।

बि’रामीको ज्वरो केही घटेको र उहाँको उ’पचार जारी रहेको डा. राजभण्डारीले बताउनु भयो । अस्पतालका अनुसार ब्रिटिस आर्मीका अवकाश प्राप्त ती वृद्ध दुई दिनअघि पेन्सन बुझ्न धरान जानु भएको थियो । उताबाट फर्किएपछि उच्च ज्व’रो आएको हो ।

प्रतिक्रिया