शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

अपडेट : सिन्धुली अस्पतालको आ’इसोलेसनमा भर्ना भएको बृद्धको :स्वा’व जाँचको लागी काठमाडौँ पठाईयो

बिहिवार , चैत्र ६, २०७६

सिन्धुली, चैत ६ –सिन्धुलीको कमलामाई नगरपालिका–७ निवासी एक ८६ बर्षिय बृद्धलाई उ’च्च ज्व’रो आएपछि सिन्धुली अस्पतालको आ’इसोलेसन वार्डमा राखेर उ’पचार सुरु गरिएको छ ।

अस्पतालका मेडीकल सुपरिटेन्डेन्ट डा. लक्ष्मण खड्काले बिश्वभरी को’रोना भाईरसको सं’क्रमण बढी रहेको बेला ती बृद्धमा एक्कासी उ’च्च ज्व’रो आउनुका साथै नि’मोनिया पनि देखिएपछि बु’धबार रातीदेखि अस्पतालको आ’इसोलेसन वा’र्डमा राखेर उपचार सुरु गरिएको बताउनुभयो ।

बि’रामीको नाम भन्न नमिल्ने भन्दै उहाँले बिरामी बृद्धमा देखिएको ल’क्ष्यण को’रोना भा’ईरसको ल’क्ष्यणसँग मिल्दो जुल्दो पाईएकोले आ’ईसोलेसन वार्डमा राखेर उ’पचार गरिएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “बि’रामी बृद्धको स्वा’ब जाँ’च गर्न बिहिबार बागमती प्रदेश जनस्वास्थ्य प्र’योगशालाबाट झिकाईएको प्राविधिक ले स्वा’व लिए  जाँचको लागी काठमाडौँ र पठाइएको स्वा’व जाँचको रिपोर्ट आएपछि मात्रै बास्तविकता खुल्ने छ ।”उहाँले स्वा’व जाँ’चको रिपोर्ट ४८ घण्टा पछि आउने बताउनु भयो ।

उहाँले अहिले नै को’रोना भा’ईरसको बि’रामी भनिहाल्न पनि नमिल्ने बताउनुभयो । अस्पतालका अनुसार बृटिस आर्मीको अबकास प्राप्त बिरामी बृद्ध दुई दिनअघि पेन्सन बुझ्न धरान गएको र घर फर्किएपछि उ’च्च ज्वरो आएको खुलेको छ ।

यसैबिच, सिन्धुली अस्पतालमा हातधुने तरिका सहित सावुनपानीको व्यवस्था गरिएको छ । अस्पतालभित्र प्रवेश गर्नुअघि एक मिनेटसम्म मिचिमिचि हात धुन सावुनपानीको व्यवस्था गरिएको हो । कोराना भाइरसको जोखिममा रहेकाले सावुनपानीले मिचिमिचि हात धोएर मात्र अस्पताल हाताभित्र प्रवेश गर्न सेवाग्राहीलाई अनुरोध गरिएको अस्पताल व्यवस्थापन समितीका अध्यक्ष प्रल्लाद पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिन्धुली अस्पतालमा फिवर क्लिनिक चलाउने तयारी गरिएको छ । यसका लागि भवन अभाव भएपछि अस्पतालकै प्राङगणमा टेन्टको व्यवस्था गरिएको छ । तर स्वास्थ्यकर्मीले लगाउने एप्रोन (पिपिए) नभएकाले सेवा सुचारु गर्न कठिन भएको उहाँको बताउनुभयो । चाँडै एप्रोनको व्यवस्था गरी सेवा सुरु गर्ने अध्यक्ष पोखरेलले बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया