शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

चो’रीका मोटरसाईकल सहित ५ जना प’क्राउ

बिहिवार , चैत्र ६, २०७६

सिन्धुली,६ चैत – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मोटरसाईकल चो’रीमा संलग्नहरुलाई प’क्राउ गरेकाहरुलाई बुधबार सार्वजनिक गरेको छ । जिल्लाका विभिन्न स्थानबाट प’क्राउ गरिएका व्यक्तिहरुलाई प’क्राउ गरि बुधवार कार्यालयमा पत्रकार सम्मेलन गर्दै चो’रीमा संलग्न व्यक्तिहरुलाई सार्वजनिक गरेको हो ।

प’क्राउ पर्नेहरुमा सर्लाहीको लालबन्दी नगरपालिका ११ का ३५ बर्षिय सुर्यमान लोक्चन,हरिवन नगरपालिका १ का २० बर्षिय पेमा लामा, सिन्धुलीको मरिण गाउँपालिका ३ चनौटेका २१ बर्षिय सुनिल योञ्जन,कमलामाई नगरपालिका ४ ढकालगाउँका १८ बर्षिय साजन विशंखे र धनुषाको जनकपुर उपमहानगरपालिका २० का महमद रजाखखान रहेका छन् ।

प’क्राउ परेका लोक्चनलाई ठ’गि तथा सार्वजनिक लिखत मु’द्दा चलाईएको र अन्य चार जनालाई चो ’री मु’द्दा चलाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो । लोक्चनले २०७३ साल साउन १ गते काठमाडौँको जोरपाटीबाट ह’राएको बा ७४ प ७४७७ नम्बरको मोटरसाईकलको नम्बर परिर्वतन गरेर ना ३८ प ९७४३ बनाई विक्रि गरेको प्रहरीको अ’नुसन्धानबाट खुलेको छ ।

लोक्चनले मोटरसाइकल नारायणी यातायात व्यवस्था कार्यालयमा अर्कै व्यक्तिको नाममा दर्ता गरि मरिण गाउँपालिका सिन्धुलीको उद्योण वाणिज्य संघका अध्यक्ष चिनध्वज बम्जनलाई विक्री गरेको र चिनध्वजले नयाँ कायम गरिएको नम्बरमा राजस्व समेत बुझाउदै आएको पाईएको उहाँले बताउनुभयो ।

कमलामाई नगरपालिका ६ माझिटारमा नियमित चे कजाँ चका क्रममा ना३८प ९७४३ नम्बरको मोटरसाईकल सहित लोक्चनलाई प’क्राउ गरेको थियो । यस्तै इलाका प्रहरी कार्यालय कपिलाकोटले काठमाण्डौबाट प्रदेश नं. १–०१–०२४–१६९२ नम्बरको मोटरसाईकल चो ’री गरेको आरोपमा लामा र योञ्जनलाई प’क्राउ गरेको छ । लामा र योञ्जनले चैत्र १ गते बा १९ प २५३९ नम्बरको मोटरसाईकल चो ’री गरि चलाउदै आएको अवस्थामा चैत्र ३ गते प’क्राउ गरेको थियो ।

प’क्राउ परेका बिशंखेले चैत्र ३ गते कमलामाई नगरपालिका ५ मा कम्पाउण्ड भित्र पार्किङ्ग गरि राखिएको ज १० प ८३०८ नम्बरको मोटरसाईकल चा’ेरी गरेको र मोटरसाईकल दु’र्घटना भएको थाहा पाएपछि प्रहरीले धुराफाँटबाट चैत्र ४ गते प’क्राउ गरेको हो । उहाँको साथबाट १७ थान ना’इट्राभेट नामक ला’गु औ’षध समेत ब’रामद गरिएको प्रहरीले जनाएको छ ।

चैत्र १ गते कमलामाई नगरपालिका ९ बाट ज ४ प ११२४ नम्बरको मोटरसाईकल चो ’री गरेको अभियोगमा रजाखखानलाई इलाका प्रहरी कार्यालय भिमानले चैत्र २ गते कमलामाई नगरपालिका ९ बथानचौरीबाट प’क्राउ गरि मु’द्दा दर्ता गरेको प्रहरी नायव उपरीक्षक खत्रीले बताउनुभयो ।

प्रतिक्रिया